default_image

3 years ago

October 8, 2021

माल्दिभ्सको जितसँगै नेपाललाई फाइनल पुग्ने समिकरण सहज

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बिहीबार भएको खेलमा घरेलु टोली माल्दिभ्सले बंगलादेशलाई हराएसँगै नेपालको लागि पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने समिकरण सहज भएको छ । बिहीबार माल्दिभ्सले प्रतियोगितामा अपराजित रहेको बंगलादेशलाई २-० ले पराजित गरेसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा पकड जमाउन सफल रहयो । माल्दिभ्सले अंक तालिकामा खाता खोल्दै भारतलाई […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बिहीबार भएको खेलमा घरेलु टोली माल्दिभ्सले बंगलादेशलाई हराएसँगै नेपालको लागि पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने समिकरण सहज भएको छ ।

बिहीबार माल्दिभ्सले प्रतियोगितामा अपराजित रहेको बंगलादेशलाई २-० ले पराजित गरेसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा पकड जमाउन सफल रहयो । माल्दिभ्सले अंक तालिकामा खाता खोल्दै भारतलाई समेत उछिनेको छ । हाल अंक तालिकामा नेपाल २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको बंगलादेशले ३ खेल खेल्दै ४ अंक जोडेको छ ।

माल्दिभ्स पहिलो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । टोलीले २ खेलमा ३ अंक जोडेको छ । यस्तै भारतले आफ्नो दुवै खेल बराबरी गर्दै २ खेलमा २ अंक जोडेको छ । श्रीलंका ३ खेलमा १ अंकसाथ अंक तालिकाको पुछारमा छ । श्रीलंकाको भने फाइनल पुग्ने सम्भावना गणितीय समिकरणमा सिमित भइसकेको छ ।

नेपालले अब लिग चरणका बाँकी दुई मध्य एक खेल जिते शीर्षस्थानमा रहँदै फाइनल पुग्ने पक्का हुनेछ । नेपालले अब प्रतियोगिता अन्तर्गत आइतबार भारत तथा बुधबार बंगलादेशको सामना गर्नेछ । बाँकी रहेका दुवै खेलमा हार नबेहोरे नेपाल फाइनल पुग्ने पक्का छ ।

अर्को खेलमा नेपालले भारतविरुद्ध बराबरी खेलेर माल्दिभ्स र श्रीलंकाबीच खेल पनि बराबरी भए, नेपाल फाइनल पुग्ने लगभग पक्का हुनेछ । श्रीलंकाले माल्दिभ्सलाई हराएर नेपालले भारतसँग बराबरी खेले नेपाल फाइनल पुग्नेछ ।

नेपालले भारतसँग पराजय बेहोरेको अवस्थामा अन्तिम खेलमा बंगलादेशलाई पराजित गरे पुग्नेछ । भारतले भने अब फाइनल पुग्न निकै कसरत गर्नुपर्नेछ । अन्तिम खेलमा नेपाल विरुद्ध बंगलादेश तथा माल्दिभ्स विरुद्ध भारतको खेल समीकरण अनुसार सेमिफाइनल खेलको रुपमा रहने सम्भावना पनि छ ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.