default_image

2 years ago

October 8, 2021

बेन्जेमाले सहज बनाए कामाभिङ्गाको रियल आगमन

एजेन्सी – रियल म्याड्रिडका युवा मिडफिल्डर इडवार्डो कामाभिङ्गाले करिम बेन्जेमाको सहयोगमा क्लबमा घुलमिल हुन सहज भएको बताएका छन् । १८ वर्षे फ्रान्सेली खेलाडीले रियलका अन्य खेलाडीले आफूलाई गरेको स्वागत र उनीसँगको विकास भएको नजिकको सम्बन्धका बारेमा बोलेका छन् । ‘म निकै आश्चार्यमा परे । खास गरि बेन्जेमासँग । मसँग उनी निकै विनम्र छन्’, फ्रान्स यू […]

24 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका युवा मिडफिल्डर इडवार्डो कामाभिङ्गाले करिम बेन्जेमाको सहयोगमा क्लबमा घुलमिल हुन सहज भएको बताएका छन् । १८ वर्षे फ्रान्सेली खेलाडीले रियलका अन्य खेलाडीले आफूलाई गरेको स्वागत र उनीसँगको विकास भएको नजिकको सम्बन्धका बारेमा बोलेका छन् ।

‘म निकै आश्चार्यमा परे । खास गरि बेन्जेमासँग । मसँग उनी निकै विनम्र छन्’, फ्रान्स यू २१ का सदस्य कामाभिङ्गाले पत्रकार सम्मेलनमा भने, ‘बेन्जेमाले गर्दा मलाई निकै सहज भएको छ । उनी मसँग ठट्टा पनि गर्छन । म स्पेनिस बोल्न जान्दिन । लुका मोड्रिच र बेन्जेमाले मेरो नाम पनि राखेका छन् ।’

आफ्नो नाम राख्देका विषयमा उनले भने, ‘तर म नाम के छ त्यो बताउँदिन । म टोलीमा घुलमिल भइसकेको छु । बेन्जेमा र म फ्रेन्चमा बोल्छौं । म टेबलमा उनीसँगै बस्छु । केहि चाहिएको खण्डमा उनले आफूलाई भन्न भनेका छन् ।’

कामाभिङ्गा सिजनको सुरुवातमा लिग वान क्लब रेन्सबाट रियल पुगेका थिए । रियलमा उनले उच्च प्रदर्शनलाई निरन्तरता दिन सकेको खण्डमा फ्रान्सेली सिनियर टोलीमा पूनः पर्ने सम्भावना बढ्नेछ । उनले भने, ‘मलाई स्पेनिस लिग मन पर्छ । फ्रान्सेली लिग भन्दा यो शरीरिक रुपमा थाप  चुनौतीपूर्ण हुन्छ ।’

उनले फ्रान्सेली यू २१ टोलीमा पनि आफ्नो भुमिका पहिला जस्तै रहने बताएका छन् । ‘म आफ्नो अनुभव यू २१ मा प्रयोग गर्न सक्छु । तर मेरा उद्देश्य प्रष्ट छ कि म सिनियर टोलीमा फर्कन चाहन्छु,’ उनले भने ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.