default_image

2 years ago

October 8, 2021

नेपाल साफको फाइनल पुग्न यस्तो छ समीकरण

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा जारी साफ च्याम्पियनसिप रोमाञ्चक मोडमा पुगेको छ । प्रतियोगितामा तीन चरणका खेल सकिँदा २ खेल खेलेको नेपाल शीर्षस्थानमा छ । बंगलादेश र श्रीलंकाले समान ३ खेल खेल्दा बाँकी ३ टोलीले भने समान २ खेल मात्र खेलेका छन् । बंगलादेशलाई बिहीबार २–० ले हराउँदै माल्दिभ्स उपाधि दौडमा फर्कंदा साफ च्याम्पिनसिपको सर्वाधिक सफल […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा जारी साफ च्याम्पियनसिप रोमाञ्चक मोडमा पुगेको छ । प्रतियोगितामा तीन चरणका खेल सकिँदा २ खेल खेलेको नेपाल शीर्षस्थानमा छ । बंगलादेश र श्रीलंकाले समान ३ खेल खेल्दा बाँकी ३ टोलीले भने समान २ खेल मात्र खेलेका छन् ।

बंगलादेशलाई बिहीबार २–० ले हराउँदै माल्दिभ्स उपाधि दौडमा फर्कंदा साफ च्याम्पिनसिपको सर्वाधिक सफल टोली भारत भने दबाबमा परेको छ । लगातार दोस्रो बराबरीपछि भारतलाई फाइनल यात्रा चुनौतीपूर्ण बनेको छ । पहिलो खेलमा बंगलादेशसँ १–१ को बराबरी खेलेको भारत बिहीबार श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको थियो । अब बाँकी दुई खेलमा भारतमाथि जित्नै पर्ने दबाब बढेको छ । भारतले बाँकी दुई खेल जितेको अवस्थामा मात्र फाइनल यात्रा सुनिश्चित हुन्छ ।

लगातार २ खेल जितेको नेपाल फाइनल यात्राका लागि सबैभन्दा बलियो दाबेदार देखिएको छ । तर त्यसका लागि भारतविरुद्धको खेल नेपालका लागि पनि महत्वपूर्ण हुने देखिएको छ । भारतलाई हराउन सकेको अवस्थामा नेपाल अन्तिम खेल अघि नै पनि फाइनल पुग्न सक्नछ । नेपाल र भारत खेल्नु अघि नै आयोजक माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । त्यो नतिजाले पनि फाइनल समिकरणमा प्रभाव पार्नेछ । त्यो खेलमा माल्दिभ्स विजयी भएमा टोलीको अंक ६ पुग्नेछ ।

भारतसँग बराबरी रोकिए वा पराजित भएपछि नेपालको फाइनल पुग्ने सम्भावना भने यथावत रहनेछ । अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । बंगलादेशका लागि पनि त्यो खेल निकै महत्वपूर्ण हुनेछ । अन्तिम खेलअघि बंगलादेशको ४ अंक छ । भारत नेपालसँग पराजित भएमा वा बराबरीमा रोकियो भने उसका लागि फाइनल पुग्न निकै कठिन हुनेछ । सन् १९९३ बाट सुरु भएको साफ च्याम्पियनसिप इतिहासमा नेपालले सबै भन्दा सुखद सुरुवात यसै पटक गरेको छ । नेपाल पहिलो पटक सुरुवाती दुई खेलमा विजयी भएको छ ।

यसपटक उपाधि दौडमा रहेको टोलीमध्ये नेपालले मात्र अहिले सम्म साफ च्याम्पिनयसिप जित्न सकेको छैन । अझ नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । भारतले सर्वाधिक ७ पटक उपाधि जितेको छ भने माल्दिभ्सले २ र बंगलादेशले १ पटक जितेको छ । त्यसबाहेक श्रीलंका र अफगानिस्तानले समान १ पटक साफ च्याम्पियनसिप जितेको छ । अफगानिस्तान सन् २०१५ पछि साफबाट अलग भइसकेको छ । नेपालसँग पाकिस्तान र भुटानले अहिले सम्म साफ च्याम्पियनसिप जित्न सकेका छैनन् ।

तेस्रो चरण सकिँदा अंक तालिका

साफ च्याम्पिनयसिपको नतिजा र खेल तालिका

असोज १५ गते

श्रीलंका ० बंगलादेश १

नेपाल १ माल्दिभ्स ०

असोज १८ गते

बंगलादेश १ भारत १

श्रीलंका २ नेपाल ३

असोज २१ गते

भारत ० श्रीलंका ०

माल्दिभ्स २ बंगलादेश ०

असोज २४ गते

माल्दिभ्सविरुद्ध श्रीलंका

नेपालविरुद्ध भारत

असोज २७ गते

बंगलादेशविरुद्ध नेपाल

भारतविरुद्ध माल्दिभ्स

फाइनल असोज ३० गते

समूह विजेता र उपविजेता

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.