default_image

3 years ago

October 9, 2021

क्रोएसियाको सानदार जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा क्रोएसियाले सानदा र जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा क्रोएसियाले घरेलु साइप्रसमाथि ३–० को सानदार जित निकालेको हो । क्रोएसियाको जितमा इभान पेरिसिस, जोस्को जिभारडिओल र मार्काे लिभाजाले समान एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो […]

47 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा क्रोएसियाले सानदा र जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा क्रोएसियाले घरेलु साइप्रसमाथि ३–० को सानदार जित निकालेको हो ।

क्रोएसियाको जितमा इभान पेरिसिस, जोस्को जिभारडिओल र मार्काे लिभाजाले समान एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो ।

खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको क्रोएसियाले पहिलो गोलको लागि पहिलो हाफको इन्ज्युरी समय नै कुर्नुपरेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा इभान पेरिसिसले कप्तान लुका मोड्रिचको पासमा गोल गर्दै क्रोएसियालाई १–० को अग्रता दिलाए ।

५४औं मिनेटमा कप्तान लुका मोड्रिचले पेनाल्टी चुकाउँदा क्रोएसिया अग्रता दोब्बर पार्नबाट चुक्यो । ८०औं मिनेटमा जोस्को जिभारडिओलले गोल गर्दै क्रोएसियाको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मार्काे लिभाजाले गोल गर्दै क्रोएसियाको जित पक्का गरे । उनले जोसिप ब्रेकालोको पासमा गोल गरेका थिए ।

यो जितपछि क्रोएसिया समूह ‘एच’ मा ७ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान १६ अंक नै रहेपनि रसिया दोस्रो स्थानमा रहेको छ । पराजित साइप्रस ४ अंक जोडेर पुछारमा रहेको छ । यही समूहको अर्काे खेलमा स्लोभेनियाले माल्टालाई ४–० ले पराजित गर्दा रसियाले स्लोभाकियालाई १–० ले पराजित गरेको छ ।

यो नतिजापछि रसिया १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । स्लोभाकिया ९ अंक जोडेर चौथो स्थानमा रहेको छ । स्लोभेनिया १० अंक जोडेर तेस्रो स्थानमा रहँदा माल्टा ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.