default_image

3 years ago

October 10, 2021

जो बालोन डिओरको मनोनयनमा परेनन्

एजेन्सी – बालोन डि ओर आयोजक फ्रान्स फुटबल फेडेरसन (एफएफएफ) ले शुक्रबार राति यो वर्षको लागि ३० जनाको नाम सार्वजनिक गरेको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) का लियोनेल मेस्सी, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो, जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र इंग्लिस क्लब चेल्सीका जर्गिन्होसँगै अन्य ३० खेलाडी यस वर्ष (२०२१) को बालोन […]

42 views

0 Bookmark

एजेन्सी – बालोन डि ओर आयोजक फ्रान्स फुटबल फेडेरसन (एफएफएफ) ले शुक्रबार राति यो वर्षको लागि ३० जनाको नाम सार्वजनिक गरेको छ ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) का लियोनेल मेस्सी, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो, जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र इंग्लिस क्लब चेल्सीका जर्गिन्होसँगै अन्य ३० खेलाडी यस वर्ष (२०२१) को बालोन डिओरको मनोनयनमा परेका छन् ।

मेस्सी सातौं तथा रोनाल्डो छैटौंपटक अवार्ड जित्ने दौडमा रहेका छन् । रोमेलु लुकाकु, केलियन एमबाप्पे, एङ्गोलो कान्टे, एर्लिङ ब्राउट हालान्ड र नेयमार पनि अन्तिम सुचीमा परेका छन् । तर अन्तिम ३० मा यसपटक केही दावेदार मनोनयन पर्न सकेनन् । केही नाम तल उल्लेख गरिएको छ ।

फेडरिको किएजा (युभेन्ट्स, फियोरेन्टिनाबाट लोनमा)

इटाली तथा युभेन्ट्सका फरवार्ड फेडरिको किएजा यसवर्षको बालोन डि ओरको मनोनयनमा नपर्नेमध्येको सबैभन्दा ठुला नाम हुन् । उनले सन् २०२१ मा १७ गोल र सात असिस्ट दिएका छन् । उनले इटालीबाट २०२१ मा युरोकप २०२० र युभेन्ट्सबाट कोपा इटालिया र सुपरकोपा इटालिया जितेका छन् ।

किएजाले इटालीबाट रोबर्टाे मान्सिनीको नेतृत्वमा लगातार पहिलो रोजाईमा मौका पाइरहेका छन् । युभेन्ट्समा पनि उनले पहिलो रोजाइमा खेल्दै लगातार गोल गरिरहेका छन् ।

जान ओब्लाक (एट्लेटिको म्याड्रिड)

यस वर्षको बालोन डिओरको मनोनयनमा नपर्ने मध्येको अर्काे नाम स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका गोलरक्षक जान ओब्लाक हुन् । उनले गत सिजन एट्लेटिको म्याड्रिडलाई स्पेनिस ला लिगाको उपाधि जिताएका थिए । उनले १४ क्लिन सिट राख्न सफल भएका थिए । एट्लेटिको म्याड्रिडबाट यसपटक फरवार्ड लुइस सुआरेजमात्रै मनोनयनमा परेका छन् ।

थोमस मुलर (बायर्न म्युनिख)

जर्मनी तथा जर्मन क्लब बायर्न म्युनिखका मिडफिल्डर फरवार्ड थोमस मुलर मनोनयनमा नपर्ने अर्काे ठुला नाम हो । मुलरले गत सिजन बायर्नबाट ११ गोल गर्नुका साथै २१ असिस्ट दिएका थिए । उनले जर्मन बुन्डेसलिगा, फिफा क्लब विश्वकप र डिएफएल सुपरकप जितेका छन् ।

मुलरले पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीसँग मिलेर बायर्नलाई लगातार नवौं सिजन बुन्डेसलिगाको उपाधि जिताएका थिए । लगतारको उच्च प्रदर्शनपछि उनले युरोकपमा जर्मनीको टोलीमा स्थान बनाउन सफल भएका थिए ।

अचरफ हाकिमी (पीएसजी)

सन् २०२१ मा उच्च प्रदर्शन गर्ने खेलाडीको सुचीमा मोरक्को तथा फ्रान्सेली क्लब पीएसजीका अचरफ हाकिमी हुन् । उनले गत सिजन इटालियन क्लब इन्टर मिलानमा उच्च प्रदर्शन गर्दा इन्टर मिलान लामो समयपछि इटालियन सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको थियो । रोमेलु लुकाकु, निकोलो बरेल्ला र लोउटारो मार्टिनेज यसपटकको बालोन डि ओरको मनोनयनमा पर्दा तर उनी ३० जनाको सुचीमा पर्न सफल भएनन् ।

उनी यसै समरमा ५२ मिलियन पाउन्डमा इन्टर मिलानबाट पीएसजी पुगेका थिए । डिफेन्सिभ मिडफिल्डर हाकिमीले इन्टर मिलानबाट ८ गोल र सात असिस्ट दिदा २१ क्लिनसिट राख्न सफल भएका थिए ।

जाडोन (सान्चो (म्यानचेस्टर युनाइटेड)
इंग्लिस युवा मिडफिल्डर जाडोन सान्चोले गत सिजन जर्मन बुन्डेसलिगामा उच्च प्रदर्शन गर्दै आफुलाई उदियामान मिडफिल्डरको रुपमा उभ्याएका थिए । उनले गत सिजन बोरुसिया डर्टमुन्डका लागि १२ गोल र १२ असिस्ट दिएका थिए ।

डिएफवी पोकलको उपाधि जित्न सफल भएको थियो । यसै समरमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड आइपुगेका २१ वर्षीय सान्चो यसवपर्षको बालोन डिओरको मनोनयनमा पर्न सफल भएनन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.