default_image

3 years ago

October 10, 2021

कतारमाथि पोर्चुगलको सहज जित

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा पोर्चुगलले विश्वकप आयोजक राष्ट्र कतारमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा पोर्चुगलले कतारलाई ३–० ले पराजित गरेको हो । पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, जोस फोन्टे र आन्द्रे सिल्भाले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो । पोर्चुगलमा शनिबार राति भएको खेलमा घरेलु […]

43 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा पोर्चुगलले विश्वकप आयोजक राष्ट्र कतारमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा पोर्चुगलले कतारलाई ३–० ले पराजित गरेको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, जोस फोन्टे र आन्द्रे सिल्भाले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो ।

पोर्चुगलमा शनिबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले खेलको ३७औं मिनेटमा कप्तान रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । डिएगो डालोटको पासलाई तारेक सलमानले क्लियर गर्न नसकेको बललाई रोनाल्डोले सिक्स यार्ड बक्सबाट सिधै जाली चुमाएका थिए ।

४८औं मिनेटमा जोश फोन्टेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । मारियोको फ्रिकिकलाई साद अल सिवले बचाउने प्रयास गरेपनि नियन्त्रणमा लिन नसकेको बललाई फोन्टेले जाली चुमाएका थिए ।

९०औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै पोर्चुगललाई ३–० को सहज जित दिलाए । राफयल लियोको क्रसमा आन्द्रे सिल्भाले हेडरमार्फत बललाई पोस्टको दिशा दिएका थिए ।

रोनाल्डोले २०२२ को फिफा विश्वकप आयोजक कतारविरुद्ध दोस्रो हाफ खेलेनन् । उनको स्थानमा राफयल लियोले खेल्ने अवसर पाएका थिए ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.