default_image

3 years ago

October 10, 2021

भारतलाई हराए नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो खेलमा नेपालले आइतबार भारतको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ । नेपाल प्रतियोगिताको सुरुवाती दुवै खेल जित्दै इतिहासकै सफल सुरुवात गर्न सफल भएको छ ‌‌। ६ अंकसहित शीर्षस्थानमा रहेको नेपालले आजको खेलमा जित हासिल गरे फाइनल यात्रा सुनिश्चित […]

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो खेलमा नेपालले आइतबार भारतको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।

नेपाल प्रतियोगिताको सुरुवाती दुवै खेल जित्दै इतिहासकै सफल सुरुवात गर्न सफल भएको छ ‌‌। ६ अंकसहित शीर्षस्थानमा रहेको नेपालले आजको खेलमा जित हासिल गरे फाइनल यात्रा सुनिश्चित गर्नेछ । भारत भने प्रतियोगितामा फाइनल पुग्ने सम्भावना बलियो बनाउन जित्नैपर्ने अवस्थामा छ । आजको खेलमा हार बेहोरे भारतले अन्य खेलको नतिजा अनुकूल भएमात्र फाइनल खेल्ने सम्भावना रहन्छ ।

सहभागी टोली मध्ये आयोजक माल्दिभ्स, नेपाल र बंगलादेशले समान २ खेल खेल्दा बंगलादेश र श्रीलंकाले ३ खेल खेलिसकेका छन् । त्यसमा नेपाल ६ अंकका साथ शीर्षस्थानमा छ भने बंगलादेशको ४ अंक, माल्दिभ्सको ३ अंक र भारतको २ अंक छ । श्रीलंका १ अंकका साथ पुछारमा छ ।

२ खेल जितिसकेको नेपाल र २ खेलमा बराबरी गरेको भारत एक पटक फेरि च्याम्पियनसिपमा आइतबार आमनेसामने हुँदैछन् । यस्तोमा अलमुताइरीले भोलीको खेल भारतले जित्ने सम्भावना ९५ प्रतिशत रहेको बताएका छन् ।

‘भोलीको खेल महत्त्वपूर्ण छ । भारत दक्षिण एसियाको उत्कृष्ट टोली हो , सात पटकको विजेता हो । यू-२३ टोलीले नै उपाधि जितेको इतिहास छ’, उनले भने,‘ भोलीको खेल भारतले जित्ने सम्भावना ९५ प्रतिशत छ , बराबरी हुने सम्भावना ४ प्रतिशत छ र नेपालले जित्ने सम्भावना १ प्रतिशत छ ।’

भारत बलियो टोली भएपनि नेपाली टोलीले डराएर भने नखेल्ने उनले बताएका छन् । ‘विश्व वरीयतामा हामी भन्दा भारत निकै माथि छ । तर हामी उनीहरुसँग डराउँदैनौं । सम्मान गर्छौं’, उनले भने,‘ हामी जित्नका लागि प्रयास गर्नेछौं ।’

अलमुताइरीकै प्रशिक्षणमा नेपाली टोलीले गत महिला दशरथ रंगशालामा भारतविरुद्ध २ मैत्रीपूर्ण खेल जितेको थियो । भदौं १७ गतेको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी भएको थियो भने दोस्रो खेलमा भारत २–१ विजयी भएको थियो ।

राष्ट्रिय टोलीका कप्तान एवं गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको खेलका लागि तयार रहेको बताएका छन्र । ‘हामी लक्ष्यमा पुग्नका लागि एक एक कदम चालिरहेका छौं’, उनले भने,‘ दुई कदम अघि बढेका छौं । भारतविरुद्धको खेल हाम्रो लागि अर्को एउटा कदम हो । भारत बलियो टोली हो तर हामी पनि कमजोर भने छैनौं ।’

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

Success

Thank you for your time.