default_image

3 years ago

October 10, 2021

माल्दिभ्सको जितसँगै भारतलाई कठिन

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत घरेलु टोली माल्दिभ्सले चौथो चरणको पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको छ । आइतबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकालाई १-० ले हराउँदै माल्दिभ्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । माल्दिभ्सको जितमा पूर्वकप्तान अलि अश्फाकले एकमात्र गोल गरे । उनले खेलको छैटौं मिनेटमा हेडरमार्फत गरेको गोल नै निर्णायक […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत घरेलु टोली माल्दिभ्सले चौथो चरणको पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको छ । आइतबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकालाई १-० ले हराउँदै माल्दिभ्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

माल्दिभ्सको जितमा पूर्वकप्तान अलि अश्फाकले एकमात्र गोल गरे । उनले खेलको छैटौं मिनेटमा हेडरमार्फत गरेको गोल नै निर्णायक सावित भयो । यसअघि पहिलो खेलमा नेपालसँग १-० ले पराजित भएको माल्दिभ्सले दोस्रो खेलमा बंगलादेशलाई २-० ले पराजित गरेको थियो । यस हारले भने श्रीलंका प्रतियोगितामा १ अंक जोड्दै बाहिरिएको छ ।

यस नतिजाले साफ च्याम्पियनसिपमा भारतको फाइनल पुग्ने समीकरणमा भने घाटा पुगेको छ । माल्दिभ्सको जितले नेपाललाई पनि फाइनल पुग्न केहि कठिनाइ हुन सक्छ । भारतले अब नेपाललाई पराजित गरे अन्तिम खेलमा माल्दिभ्समाथि पनि जित हासिल गर्नुपर्ने समीकरण आउनेछ ।

नेपालले पनि अब फाइनल पुग्न भारतविरुद्ध बराबरी खेलेर अर्को खेलमा बंगलादेशसँग अंक जोड्नुपर्छ । भारतसँग बराबर भएर बंगलादेशसँग पराजित भए, नेपालका लागि अर्को खेलमा भारतले जित वा बराबरी खेल्नुपर्ने हुन्छ । नेपालले आज भारतलाई हराए भारत बाहिरिनेछ भने नेपाल फाइनलमा पुग्नेछ ।

अंक तालिकामा नेपाल २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ । माल्दिभ्सले ३ खेलमा ६ अंक जोडेको छ । बंगलादेश ३ खेलमा ४ अंक तथा भारत २ खेलमा २ अंक जोड्दै तेस्रो र चौथो स्थानमा छन् । श्रीलंका ४ खेलमा १ अंक जोड्दै बाहिरिएको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.