default_image

3 years ago

October 10, 2021

नेपालको टोलीमा ३ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको तेस्रो खेलमा भारतको सामना गर्दैछ । पछिल्लो खेलबाट नेपालले टोलीमा ३ परिवर्तन गरेको छ । नेपालले श्रीलंकाविरुद्ध जितबाट अन्जन विष्ट, विशाल राई र नवयुग श्रेष्ठ बाहिर छन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मनिष डाँगी, दीनेश राजवंशी र सुजल श्रेष्ठलाई सुरुवाती एघारमा समेटेका छन् । गोलरक्षकमा कप्तान […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको तेस्रो खेलमा भारतको सामना गर्दैछ । पछिल्लो खेलबाट नेपालले टोलीमा ३ परिवर्तन गरेको छ ।

नेपालले श्रीलंकाविरुद्ध जितबाट अन्जन विष्ट, विशाल राई र नवयुग श्रेष्ठ बाहिर छन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मनिष डाँगी, दीनेश राजवंशी र सुजल श्रेष्ठलाई सुरुवाती एघारमा समेटेका छन् ।

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन् । डिफेन्डरमा अनन्त तामाङ, दीनेश राजवंशी र रोहित चन्दसँग विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल छन् । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङ छन् । आक्रमणमा सुजल श्रेष्ठ, मनिष डाँगी र सुमन लामा रहेका छन् ।

नेपालले यस खेलमा जित हासिल गरे टोली फाइनलमा प्रवेश गर्नेछ । भारत भने पराजित भए फाइनल प्रवेश गर्नबाट बन्चित हुनेछ ।

खेलको प्रत्यक्ष प्रसारण डिसहोमको एक्सन स्पोर्ट्सले गर्दैछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.