default_image

3 years ago

October 10, 2021

नेपाल भारतसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ को तेस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोली भारतसँग पराजित भएको छ । खेलको अन्त्यतिर सुनिल क्षेत्रीले गोल गरेपछि नेपाल १–० ले पराजित हुन पुगेको थियो । खेलको सुरुवातदेखि नै नेपालले भारतलाई बल पोसेसनमा कुनै दबाब दिएन । आक्रमणलाई निस्तेज पार्न नै व्यस्त देखिएको नेपाली रणनीति खेलको अन्त्यसम्म पनि कायम रहेको […]

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ को तेस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोली भारतसँग पराजित भएको छ । खेलको अन्त्यतिर सुनिल क्षेत्रीले गोल गरेपछि नेपाल १–० ले पराजित हुन पुगेको थियो ।

खेलको सुरुवातदेखि नै नेपालले भारतलाई बल पोसेसनमा कुनै दबाब दिएन । आक्रमणलाई निस्तेज पार्न नै व्यस्त देखिएको नेपाली रणनीति खेलको अन्त्यसम्म पनि कायम रहेको थियो । नेपालले काउन्टरमा केहि अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न भने सकेन । यता भारतले सिर्जना गरेको केहि आक्रमणमा भने डिफेन्स लाइन र कप्तान किरण बाधक बने । खेलको अन्तिम समयतिर डिफेन्स र गोलरक्षकबीच तालमेलको कमीको फाइदा उठाउँदै सुनिलले विजयी गोल गरेका थिए ।

खेलको २५ औं मिनेटमा गोलरक्षक किरणले भारतको आक्रमण बचाउँदै नेपालको खतरा टारे । ३४ औं मिनेटमा सुनिल क्षेत्रीले खालि पोस्टमा गोल गर्न नसक्दा नेपाल पछि पर्नबाट जोगिएको थियो । सुरेश वाङजामको क्रसमा गोलरक्षक किरण समेत बिट भइसकेपछि ६ यार्ड बक्सभित्र खाली पोस्टको अघि अनमार्क रहेका सुनिलले गरेको फितलो प्रहार पोस्टबाट बाहिरिएको थियो ।

लगत्तै ३५ औं मिनेटमा ब्रान्डन फर्नान्डेसको लामो प्रहार पोस्टभन्दा निकै परबाट बाहिरियो । ४३ औं मिनेटमा भारतले अर्को अवसरको सदुपयोग गर्न सकेन । सुनिलको पासमा पेनाल्टी क्षेत्रभित्र मनवीर सिंहले सट प्रहार गर्न सकेनन् । रोहित चन्दले उत्कृष्ट डिफेन्स गर्दै दबाबमा सट प्रहार गर्न नदिँदा किरणले सहज बचाउ गरेका थिए ।

दोस्रो हाफको ५७ औं मिनेटमा किरणले उत्कृष्ट बचाउ गर्दै खेल गोलरहित नै राखे । यासिरको आउटसाइड फुट क्रसमा मनवीरको हेडरलाई किरणले अन्तिम समयमा विफल पारेका थिए । ६३ औं मिनेटमा यासिरको पेनाल्टी क्षेत्र बाहिरको प्रहारले पोस्टको दिशा लिन सकेन ।

७६ औं मिनेटमा भारतले सिर्जना गरेको अर्को अवसरमा किरण बाधक बने । ब्रान्डनको फ्रिकिकमा सुनिलले मिलाएको फ्लिक हेडरलाई सुभाशिश बोसले अन्तिम प्रहार गरेका थिए । सुभाशिशको अन्तिम हेडर सिधै किरणको हातमा टुंगिएको थियो । ८१ औं मिनेटमा कर्नरमा सुनिलको हेडर पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो ।

८२ औं मिनेटमा भारतले अग्रता लियो । फारुख चौधरीको फ्लिक हेडरमा सुनिलले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । नेपालले खेलमा पछि परेपछि भने आक्रमणमा जोड दिएको थियो । ८६ औं मिनेटमा अन्जनको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै भारतका गोलरक्षक गुरप्रितले बचाउ गर्दै भारतको खतरा टारे । ९० औं मिनेटमा सुमन अर्यालको पासमा आयुष घलान बलसम्म पुग्न सकेनन् ।

प्रशिक्षक अलमुताइरीले केहि रक्षात्मक रणनीति अपनाउँदै मनिष डाँगीलाई एकल फरवार्डको रुपमा उतारेका थिए। उनलाई सुमन लामा र सुजल श्रेष्ठले विंगमा साथ दिए । त्यस्तै मिडफिल्डमा तेज तामाङ र पुजन उपरकोटीको जोडी थियो । डिफेन्समा अनन्त तामाङ, रोहित चन्द, दीनेश राजवंशी, गौतम श्रेष्ठ र सुमन अर्याल रहंदा गोलरक्षकमा कप्तान किरण चेम्जोङ खेलेका थिए ।

दोस्रो हाफमा मनिषको स्थानमा अन्जन विष्टले आक्रमण सम्हाल्ने जिम्मेवारी पाएका थिए । ६० औं मिनेटमा सुजलको स्थानमा सुरज जिउ ठकुरी मैदान प्रवेश गरेका थिए । ८१ औं मिनेटमा सुमनको स्थानमा आयुष घलानले अवसर पाएका थिए ।

यस हारका बाबजुद नेपाल ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । ३ खेलमा समान ६ अंक बोकेको माल्दिभ्स नेपालसँग हेड टु हेड नतिजाका कारण दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा ३ खेलमा ५ अंक जोडेको भारत तथा चौथो स्थानमा ३ खेलमा ४ अंक जोडेको बंगलादेश छ । ४ खेलमा १ अंक जोड्दै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्तिम चरणको खेलमा अब बुधबार दिउँसो ४:४५ बजे नेपालले बंगलादेशसँग खेल्नेछ । रातको ९:४५ बजे माल्दिभ्स र भारत भिड्नेछन् ।

अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा हासिल गरे फाइनल प्रवेश गर्नेछ । नेपाल बंगलादेशसँग पराजित भएको खण्डमा भने प्रतियोगिताबाट बाहिरिनेछ । नेपालले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेपछि भारत र माल्दिभ्सको विजेता फाइनल प्रवेश गर्नेछ । बराबरीले माल्दिभ्स फाइनल पुग्नेछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.