default_image

3 years ago

October 10, 2021

साफ फाइनल पुग्न यस्तो छ समिकरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो खेलमा भारतसँग हार बेहोर्यो । प्रतियोगितामा पहिलो हार बेहोरेको नेपाललाई फाइनल पुग्न अब अन्तिम खेलमा बंगलादेशविरुद्ध अंक जोडे पुग्छ । यस हारका बाबजुद नेपाल ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । समान ३ खेलमा ६ अंक बोकेको माल्दिभ्स नेपालसँग हेड […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो खेलमा भारतसँग हार बेहोर्यो । प्रतियोगितामा पहिलो हार बेहोरेको नेपाललाई फाइनल पुग्न अब अन्तिम खेलमा बंगलादेशविरुद्ध अंक जोडे पुग्छ ।

यस हारका बाबजुद नेपाल ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । समान ३ खेलमा ६ अंक बोकेको माल्दिभ्स नेपालसँग हेड टु हेड नतिजाका कारण दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा ३ खेलमा ५ अंक जोडेको भारत तथा चौथो स्थानमा ३ खेलमा ४ अंक जोडेको बंगलादेश छ । ४ खेलमा १ अंक जोड्दै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ ।

अन्तिम चरणको खेलमा अब बुधबार दिउँसो ४:४५ बजे नेपालले बंगलादेशसँग खेल्नेछ । रातको ९:४५ बजे माल्दिभ्स र भारत भिड्नेछन् । नेपाललाई लिग चरणको अन्तिम खेलमा आफ्नो खेलको नतिजाले नै फाइनल यात्राको निर्णय हुनेछ । त्यस्तै बंगलादेशको पनि आफ्नै नतिजाले फाइनल यात्राबारे निर्णय हुनेछ । अर्को खेलमा माल्दिभ्स र भारतबीच पनि जित्ने टोलीले फाइनलमा प्रवेश गर्नेछ ।

एक हिसाबले अन्तिम चरणका दुवै खेल सेमिफाइनलजस्तै हुनेछ, जित्ने टोली फाइनल प्रवेश गर्ने र हार्ने टोली बाहिरिने । माल्दिभ्स र नेपाललाई भने बराबरी गरेपनि फाइनल पुग्ने समीकरण रहेको छ । नेपालले अन्तिम खेलमा बंगलादेशसँग बराबरी वा जित हासिल गरे फाइनल प्रवेश गर्नेछ । यता बंगलादेशलाई फाइनल खेल्न जितको विकल्प छैन ।

भारतलाई पनि फाइनल खेल्नका लागि माल्दिभ्सलाई पराजित गर्नुपर्ने समीकरण छ । माल्दिभ्सले भने बराबरी वा जितले फाइनल यात्रा तय गर्नेछ ।

यो पनि : नेपाल भारतसँग पराजित, अझै शीर्षस्थानमा कायम

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.