default_image

3 years ago

October 11, 2021

भारतीय प्रशिक्षकले जिस्काएपछि अलमुताइरी रुष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भारतविरुद्ध हार बेहोरेको खेलमा आफ्नो टोलीको प्रदर्शनमा सन्तुष्ट हुँदा विपक्षी प्रशिक्षकको व्यवहारप्रति भने रुष्ट भएका छन् । भारतविरुद्ध सुनिल क्षेत्रीको अन्तिम समयको गोलमा नेपाल १-० ले पराजित हुन पुगेको थियो । खेलमा आफ्नो टोलीको प्रदर्शनमा भने अलमुताइरी खुसी देखिए । ‘हामीले धेरै राम्रो खेल […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भारतविरुद्ध हार बेहोरेको खेलमा आफ्नो टोलीको प्रदर्शनमा सन्तुष्ट हुँदा विपक्षी प्रशिक्षकको व्यवहारप्रति भने रुष्ट भएका छन् ।

भारतविरुद्ध सुनिल क्षेत्रीको अन्तिम समयको गोलमा नेपाल १-० ले पराजित हुन पुगेको थियो । खेलमा आफ्नो टोलीको प्रदर्शनमा भने अलमुताइरी खुसी देखिए । ‘हामीले धेरै राम्रो खेल खेल्यौं । हामीले बलियो प्रदर्शन गरेपनि एउटा गल्ति गर्न पुग्यौं । त्यसै गल्तीले गोल खान पुग्यौं । हामी आफैं भने फिनिसिङमा भाग्यमानी हुन सकेनौं,’ उनले भने, ‘तैपनि सब ठिक छ, हामी तालिकामा माथि छौं । अब हाम्रो ध्यान अर्को खेलमा हुनेछ । बंगलादेशविरुद्ध जित हासिल गरेर हामी फाइनल पुग्न चाहन्छौं ।’

प्रतियोगिताको अन्तिम खेल जित्नुपर्ने दबाब कतिको छ भन्ने प्रश्नमा अलमुताइरीले सबै खेल कठिन रहेको प्रतिक्रिया दिए । ‘प्रतियोगितामा हरेक खेल कठिन छ । आजको खेलमा पनि दबाब थियो । तर आजको खेल दौरान खेलाडी एकआपसमा झुम्मिएका थिए, झगडा भएन राम्रो तर त्यो राम्रो दृश्य थिएन,’ उनले भने, ‘यो खेल हो, दुई राष्ट्रबीच फुटबल खेल र यसलाई मैदानभित्र खेलमा सिमित राख्नुपर्छ । चाहे त्यो ह्यान्डबल, भलिबल वा क्रिकेट नै किन नहोस् ।’

अलमुताइरीले भारतका प्रशिक्षक इगोर स्टिमाचले आफू र समर्थकलाई जिस्काउँदै गोलको खुसीयाली मनाएकोमा भने निराशा व्यक्त गरे । ‘भारतका प्रशिक्षकले गोल हानेपछि समर्थक र मेरो खिल्ली उडाए । किन? यो खेलकुद हो । एक अर्कालाई सम्मान गर्नुपर्छ,’ अलमुताइरीले थपे,’ उनीबाट बच्चाजस्तो व्यवहार भयो । यदि नेपाल र भारत फाइनल खेल्छ र हामी जित्छौं भने म त्यसो कदापी गर्दिन । मेरो आमाले पनि त्यो व्यवहार स्विकार्नु हुन्न । मलाई त्यो देख्दा लाज लाग्यो ।’

खेलमा एकमात्र गोल गरेका सुनिल क्षेत्रीको स्तरका बारेमा आफूले केहि भन्न नपर्ने अलमुताइरीको बुझाइ छ । ‘हरेक राष्ट्रले आफ्नो उत्कृष्ट टोली छानेको छ । तर केहि खेलाडी विशेष हुन्छन् । सुनिलको बारेमा मैले केहि भन्नु पर्दैन । उनको तथ्यांकले नै सबथोक बताउँछ । अन्तर्राष्ट्रिय फुटबलमा ७७ गोल गरेका छन् । उनको बारेमा मैले केहि भनिरहनु पर्दैन,’ उनले भने ।

टोलीले रक्षात्मक रणनीतिमा खेलेको हो कि भन्ने प्रश्नमा अलमुताइरीले आफ्नो योजनाबारे बताए । ‘हामीले रक्षात्मक मात्र खेलेको होइन । बल हुँदा आक्रामक रणनीति पनि थियो । हामीले निकै अवसर पनि सिर्जना गर्यौं । कर्नर पनि जितेका थियौं,’ उनले थपे, ‘यसको मतलब म होइन, हाम्रो टोली राम्रो हो । आजको खेल हार्यौं, अब अर्को खेलमा ध्यान दिनेछौं । यो हारको जिम्मेवारी म लिनेछु । खेलाडीले हारेको होइन, म हारेको हो । खेलाडीहरुले एकदम मिहिनेत गरेका छन् ।’

अलमुताइरीले प्रतियोगितामा धेरै दबाब लिन जरुरि नरहेको पनि बताए । ‘मैले अरु टोलीले पनि धेरैले दबाब लिएको देखेको छु । दबाब लिन जरुरि छैन । मैले आफैं एसियाको अन्य लिग र प्रतियोगितामा खेलाएको छु, यो भन्दा माथिल्लो स्तरमा पनि । म वरपर हेर्दा आफू मात्र हाँसेको देख्छु । सबै दबाब लिएर बसेका छन्,’ उनले स्पष्ट पारे ।

यो पनि : साफ फाइनल पुग्न यस्तो छ समीकरण

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.