default_image

3 years ago

October 12, 2021

साफ च्याम्पियनसिप : नेपालसहित चारै टोलीलाई फाइनल पुग्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा राउन्ड रोविनको अन्तिम खेल सम्म पनि रोमाञ्चक हुने भएको छ । १३ औं संस्करणमा आइपुग्दा पहिलो र यसपटक मात्र राउन्ड रोविनका आधारमा च्याम्पियनसिप आयोजना भइरहेको छ । बाँकी ११ वटा संस्करण दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा प्रतियोगिता अघि बढ्थ्यो । ती संस्करणमा सेमिफाइनल भएका थिए […]

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा राउन्ड रोविनको अन्तिम खेल सम्म पनि रोमाञ्चक हुने भएको छ । १३ औं संस्करणमा आइपुग्दा पहिलो र यसपटक मात्र राउन्ड रोविनका आधारमा च्याम्पियनसिप आयोजना भइरहेको छ ।

बाँकी ११ वटा संस्करण दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा प्रतियोगिता अघि बढ्थ्यो । ती संस्करणमा सेमिफाइनल भएका थिए । पहिलो संस्करणमा जस्तै यसपटक सेमिफाइनल हुने छैन । राउन्ड रोविनपछि शीर्ष २ टोलीले असोज ३० गते फाइनल खेल्नेछन् । सहभागी ५ राष्ट्रमध्ये सबै ४ खेल खेलिसकेको श्रीलंका च्याम्पियनसिपबाट बाहिरिएको छ । बाँकी ४ टोली उपाधि दौडमा छन् ।

राउन्ड रोविनको अन्तिम दिन बुधबार हुने दुई खेलले फाइनल पुग्ने दुई टोलीको तय हुनेछ । समान ६ अंक भएका नेपाल शीर्षस्थानमा, माल्दिभ्स दोस्रो, ५ अंकका साथ भारत तेस्रो, ४ अंकसहित बंगलादेश चौथो स्थानमा छ । श्रीलंका भने १ अंक जोड्दै लिग चरणबाट नै बाहिरिएको छ ।

सेमिफाइनल सरहका खेल

यसपटक सेमिफाइनल खेल छैनन् । तर अन्तिम दिन हुने दुई खेलमा ४ मध्ये २ टोलीको एउटा र २ टोलीको अर्को अवस्था छ । दुई टोलीका लागि सेमिफाइनल अर्थात् नकआउट जत्तिकै अर्थ बोक्ने खेल छन् । २ टोलीलाई भने बराबरीले पनि फाइनल यात्रा पक्का हुनेछ । नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुने खेलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

राती ९ः४५ मा सुरु हुने अर्को खेलमा भारत र माल्दिभ्सले एकअर्काको सामना गर्नेछन् । परिस्थिति यस्तो छ कि पहिलो खेल सकिदा एउटा र अर्को खेल सकिदा फाइनल पुग्ने अर्को टोलीको तय हुनेछ । नेपाल र माल्दिभ्सको अवस्था उस्तै छ भने भारत र बंगलादेशको अवस्था उस्तै छ । पहिलो खेलमा नेपाल विजयी भएमा वा बराबरमा रोकिएमा पनि अघिल्लो चरण पुग्नेछ । विजयी भएको अवस्थामा नेपालको ९ अंक हुनेछ र टोली स्वतः पहिलो पटक फाइनल पुग्नेछ । यदि बराबरी भएको खण्डमा पनि नेपाल ७ अंकसहित अन्तिम दुईमा पुग्नेछ ।

अर्को खेलको नतिजाले नेपाललाई असर गर्ने छैन । यदि पहिलो खेलमा बंगलादेश विजयी भएको अवस्थामा भने नेपाल बाहिरिनेछ । त्यो अवस्थामा बंगलादेश ७ सहित अघि बढ्नेछ । अर्को खेलको अवस्था पनि उस्तै छ । माल्दिभ्स विजयी भएमा वा बराबरीमा रोकिएपनि फाइनल पुग्नेछ । माल्दिभ्स विजयी भएको खण्डमा ९ अंकसहित स्वतः फाइनल पुग्नेछ । बराबरीमा रोकिएपनि समग्रमा माल्दिभ्स ७ अंकसहित अघि बढ्नेछ । भारतलाई भने फाइनल पुग्नका लागि जितबाहेकको विकल्प छैन । भारत विजयी भएमा भने टोलीको ८ अंक हुनेछ ।

अपराजित भारत

जारी साफ च्याम्पियनसिपमा भारतमात्र एक मात्र अपराजित टोली रहेको छ । फाइनल दौडमा रहेका ४ टोलीमध्ये नेपाल मात्र अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । सर्वाधिक सफल टोली भारतले ७ पटक साफ च्याम्पियनसिप जित्दा माल्दिभ्सले २ पटक र बंगलादेशले १ उपाधि उपाधि उचालेका छन् । नेपाल भने अहिले सम्म फाइनल पुग्न सकेको छैन । अघिल्ला १२ संस्करणमा ५ पटक सेमिफाइनलमा पुग्नु नै नेपालको सफल नजिता हो ।

यसपटक भने नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० र अर्को खेलमा श्रीलंकालाई ३–२ ले हराउँदै दमदार सुरुवात गरेको थियो । झण्डै तीन दशक लामो च्याम्पियनसिपमा नेपालले सुरुवाती दुई खेल यसै पटक जितेको हो । नेपालसँग पहिलो खेल गुमाएपनि माल्दिभ्सले बंगलादेश र श्रीलंकालाई हराउँदै फाइनलको सम्भावनालाई जीवित राखेको छ ।

पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको भारतले अर्को खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपाललाई १–० ले हराउँदै भारत च्याम्पियनसिपको उपाधि दौडमा फर्केको थियो । यसपटक ८ खेलमा १३ गोल भएका छन् । नेपालका लागि अलग अलग ४ खेलाडीले गोल गरेका थिए ।

साफ च्याम्पिनयसिपको नतिजा र खेल तालिका

असोज १५ गते

श्रीलंका ० बंगलादेश १

नेपाल १ माल्दिभ्स ०

असोज १८ गते

बंगलादेश १ भारत १

श्रीलंका २ नेपाल ३

असोज २१ गते

भारत ० श्रीलंका ०

माल्दिभ्स २ बंगलादेश ०

असोज २४ गते

माल्दिभ्स १-० श्रीलंका

नेपाल ०-१ भारत

असोज २७ गते

बंगलादेशविरुद्ध नेपाल

भारतविरुद्ध माल्दिभ्स

फाइनल असोज ३० गते

समूह विजेता र उपविजेता

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.