default_image

2 years ago

October 12, 2021

वेर्नर र मुलर चम्कदा जर्मनीको सानदार जित

एजेन्सी – इंग्लिस क्लब चेल्सीका फरवार्ड टिमो वेर्नरको दुई गोल तथा जर्मन क्लब बायर्न म्युनिखका मिडफिल्डर थोमस मुलरको दुई असिस्टमा जर्मनीले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा सानदार जित दर्ता गरेको छ । जर्मनीले घरेलु टोली नर्थ म्यासेडोनियालाई ४–० ले पराजित गरेको हो । जर्मनीको फराकिलो जितमा वेर्नरले दुई गोल गर्दा काई हाभर्टज र […]

32 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीका फरवार्ड टिमो वेर्नरको दुई गोल तथा जर्मन क्लब बायर्न म्युनिखका मिडफिल्डर थोमस मुलरको दुई असिस्टमा जर्मनीले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा सानदार जित दर्ता गरेको छ ।

जर्मनीले घरेलु टोली नर्थ म्यासेडोनियालाई ४–० ले पराजित गरेको हो । जर्मनीको फराकिलो जितमा वेर्नरले दुई गोल गर्दा काई हाभर्टज र जमल मुसियालाले समान एक गोल गरे । सबै चार गोल दोस्रो हाफमा भएको थियो ।

घरेलु टोली नर्थ म्यासेडोनियाले पहिलो हाफमा बलियो जर्मनीलाई बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । ५०औं मिनेटमा काई हाभर्टजको गोलबाट जर्मनीले खेलमा १–० को अग्रता लिन सफल भयो । उनले थोमस मुलरको पासमा गोल गर्न सफल भए ।

७०औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । वेर्नरले मुलरकै पासमा गोल गर्न सफल भएका थिए । त्यसको तीन मिनेटपछि नै वेर्नरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जर्मनीलाई सहज जिततर्फ अघि बढाए । उनले फ्लोरियन रिट्जको पासमा गोल गरेका थिए ।

८३औं मिनेटमा जमन मुसियालाले करिम यडियमीको पासमा गोल गर्दै जर्मनीलाई ४–० को फराकिलो जित दिलाए । यो जितसँगै समूह ‘जे’ मा जर्मनी ८ खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित म्यासेडोनिया १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा आइसल्यान्डले लिचेस्टाइनलाई ४–० को भारी अन्तरले पराजित गरेको छ । रोमानियाले अर्मेनियालाई १–० ले पराजित गरेको छ । यो नतिजापछि रोमानिया ८ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । अर्मेनिया १२ अंकसहित चौथो स्थानमा छ । आइसल्यान्डको ८ तथा लिचेस्टाइनको १ अंक छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.