default_image

2 years ago

October 12, 2021

जर्मनी कतार विश्वकपमा छनोट

एजेन्सी – सन् २०१४ को विश्वविजेता जर्मनी फिफा विश्वकप कतार २०२२ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ । युरोपेली छनोटमा नर्थ म्यासेडोनियालाई ४–० ले पराजित गर्दै जर्मनी कतार विश्वकपमा छनोट हुने पहिलो टोली बनेको हो । समूह ‘जे’ मा दुई चरणको खेल बाँकी रहँदै जर्मनीले अर्काे वर्ष कतारमा हुने विश्वकपको टिक पक्का गरेको हो […]

47 views

0 Bookmark

एजेन्सी – सन् २०१४ को विश्वविजेता जर्मनी फिफा विश्वकप कतार २०२२ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ । युरोपेली छनोटमा नर्थ म्यासेडोनियालाई ४–० ले पराजित गर्दै जर्मनी कतार विश्वकपमा छनोट हुने पहिलो टोली बनेको हो ।

समूह ‘जे’ मा दुई चरणको खेल बाँकी रहँदै जर्मनीले अर्काे वर्ष कतारमा हुने विश्वकपको टिक पक्का गरेको हो । जर्मनीले अब अर्मेनिया र लिचेस्टाइनसँग खेल्न बाँकी छ । यि दुवै खेलमा आर बेहोरेपनि जर्मनीलाई दोस्रोमा रहेको टोलीले भेट्न सक्ने छैन ।

समूहमा जर्मनीले ८ खेल खेल्दा ७ जित र १ हारको सामाना गरेको छ । जर्मनीले गत अप्रिलमा नर्थ म्यासेडोनियासँगै २–१ हो हार बेहोरेको थियो । हान्सी फ्लिकको प्रशिक्षणमा जर्मनीले विश्वकप छनोटको सबै पाँच खेलमा सफलता हासिल गरेको छ ।

हान्सी फ्लिक युरोकपपछि जर्मनीको प्रशिक्षक बनेका थिए । त्यसपछि जर्मनीले सबै खेल विश्वकप छनोटमै खेलेको थियो । त्यसअघि जोचिम लोको नेतृत्वमा जर्मनील कतार विश्वकपको छनोटको तीन खेल खेल्दा २ जित र १ हारको नतिजा निकालेको थियो ।

सोमबार राति जर्मनीको फराकिलो जितमा वेर्नरले दुई गोल गर्दा काई हाभर्टज र जमल मुसियालाले समान एक गोल गरे । घरेलु टोली नर्थ म्यासेडोनियाले पहिलो हाफमा बलियो जर्मनीलाई बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन ।

५०औं मिनेटमा काई हाभर्टजको गोलबाट जर्मनीले खेलमा १–० को अग्रता लिन सफल भयो । उनले थोमस मुलरको पासमा गोल गर्न सफल भए । ७०औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । वेर्नरले मुलरकै पासमा गोल गर्न सफल भएका थिए ।

त्यसको तीन मिनेटपछि नै वेर्नरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जर्मनीलाई सहज जिततर्फ अघि बढाए । उनले फ्लोरियन रिट्जको पासमा गोल गरेका थिए । ८औं मिनेटमा जमन मुसियालाले करिम यडियमीको पासमा गोल गर्दै जर्मनीलाई ४–० को फराकिलो जित दिलाए ।

यो जितसँगै समूह ‘जे’ मा जर्मनी ८ खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा यथावत रह्यो । पराजित म्यासेडोनिया १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । रोमानिया ८ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । अर्मेनिया १२ अंकसहित चौथो स्थानमा छ । आइसल्यान्डको ८ तथा लिचेस्टाइनको १ अंक छ ।

‘कतार विश्वकप २०२२’ २१ नोभेम्वर देखि १८ डिसेम्वर २०२२ सम्म कतारको विभिन्न स्टेडियममा हुदैछ । कतार आयोजकको रुपमा छनोट भइसकेको छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.