default_image

3 years ago

October 12, 2021

‘बंगलादेशविरुद्ध नेपाल जित्नकै लागि खेल्नेछ’ – सहायक प्रशिक्षक श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध फाइनल प्रवेश गर्ने लक्ष्यसाथ उत्रने बताएका छन् । खेलअघिको नियमित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको अनुपस्थितिमा श्रेष्ठले अभिव्यक्ति दिएका थिए । प्रशिक्षक श्रेष्ठ लिगको अन्तिम खेलका लागि तयार रहेको बताए । ‘बंगलादेशसँग खेल्न […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध फाइनल प्रवेश गर्ने लक्ष्यसाथ उत्रने बताएका छन् । खेलअघिको नियमित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको अनुपस्थितिमा श्रेष्ठले अभिव्यक्ति दिएका थिए ।

प्रशिक्षक श्रेष्ठ लिगको अन्तिम खेलका लागि तयार रहेको बताए । ‘बंगलादेशसँग खेल्न टोली तयार छ । टिमले राम्रो प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल हुने अपेक्षा गरेका छौं । यो खेल एकदम प्रतिस्पर्धात्मक हुनेछ । खेल हाम्रा लागि महत्त्वपूर्ण छ र राम्रो नतिजाका लागि खेल्नेछौ,’ उनले भने ।

‘हामी स्कोर गर्नका लागि नै खेल्नेछौं । हामी कुनै किसिमको दबावमा छैनौं । बरु बंगलादेशलाई भने जित्नुपर्ने दबाव रहेको छ,’ बराबरी भएको खण्डमा फाइनलमा पुग्ने जनाउँदै उनले भने, ‘नेपालसँग दबाव लिएर खेल्ने क्षमता छ । हामीहरु तयार छौ । हामी मानसिक रुपमापनि तयार छौ, जित्नका लागि नै खेल्नेछौ ।’

नेपालले प्रतियोगितामा सबै खेल रातमा खेल्दै आएको थियो । बंगलादेशविरुद्ध भने पहिलो पटक दिउँसो खेल्दैछ । यता बंगलादेशले भने दिउँसोको समयमा खेलेको छ । प्रशिक्षक श्रेष्ठले मौसमले पनि असर गर्नसक्ने बताए । ‘दिउँसो खेल्दा खेलाडीको प्रदर्शनमा असर पर्ने सम्भावना छ । तर हामीले खेल्नैपर्छ र त्यसका लागि तयार रहेका छौ । बंगलादेशी टिमले थ्री नेशन्स कप खेल्दा र अहिलेको टिममा धेरै फरक रहेको छ । टिमको रणनीति पनि फरक रहेकाले बंगलादेशले सरप्राइज दिनसक्ने सम्भावना रहन्छ,’ उनले भने ।

गोलरक्षक विशाल श्रेष्ठले पनि टोलीमा एकदम राम्रो वातावारण रहेको बताए । ‘ हाम्रो लागि इतिहास रच्न राम्रो अवसरको रुपमा रहेको छ । हामी सबै यसलाई सकारात्मक रुपमा लिएका छौं । यो पाली नगरे कहिले भन्ने सोचका साथ अघि बढेका छौं । भोली मैदानमा त्यसै अनुसार प्रस्तुत हुनेछौं,’ उनले भने ।

प्रतियोगितामा सबै खेल कठिन रहेको विशालले बताए । ‘ साफ च्याम्पियनसिपमा कुनै खेल सहज छैन । हरेक खेल कठिन नै हुन्छ । हरेक अंक महत्त्वपूर्ण हुन्छ । त्यसैले हामी विपक्षीलाई सम्मान दिएर खेल्छौं । हामी शत प्रतिशत मिहिनेत गर्नेछौं,’ उनले थपे ।

सेमिफाइनल सरह छ समीकरण

यसपटक सेमिफाइनल खेल छैनन् । तर अन्तिम दिन हुने दुई खेलमा ४ मध्ये २ टोलीको एउटा र २ टोलीको अर्को अवस्था छ । दुई टोलीका लागि सेमिफाइनल अर्थात् नकआउट जत्तिकै अर्थ बोक्ने खेल छन् । २ टोलीलाई भने बराबरीले पनि फाइनल यात्रा पक्का हुनेछ । नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुने खेलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

राती ९:४५ मा सुरु हुने अर्को खेलमा भारत र माल्दिभ्सले एकअर्काको सामना गर्नेछन् । परिस्थिति यस्तो छ कि पहिलो खेल सकिदा एउटा र अर्को खेल सकिदा फाइनल पुग्ने अर्को टोलीको तय हुनेछ । नेपाल र माल्दिभ्सको अवस्था उस्तै छ भने भारत र बंगलादेशको अवस्था उस्तै छ । पहिलो खेलमा नेपाल विजयी भएमा वा बराबरमा रोकिएमा पनि अघिल्लो चरण पुग्नेछ । विजयी भएको अवस्थामा नेपालको ९ अंक हुनेछ र टोली स्वतः पहिलो पटक फाइनल पुग्नेछ । यदि बराबरी भएको खण्डमा पनि नेपाल ७ अंकसहित अन्तिम दुईमा पुग्नेछ ।

अर्को खेलको नतिजाले नेपाललाई असर गर्ने छैन । यदि पहिलो खेलमा बंगलादेश विजयी भएको अवस्थामा भने नेपाल बाहिरिनेछ । त्यो अवस्थामा बंगलादेश ७ सहित अघि बढ्नेछ । अर्को खेलको अवस्था पनि उस्तै छ । माल्दिभ्स विजयी भएमा वा बराबरीमा रोकिएपनि फाइनल पुग्नेछ । माल्दिभ्स विजयी भएको खण्डमा ९ अंकसहित स्वतः फाइनल पुग्नेछ । बराबरीमा रोकिएपनि समग्रमा माल्दिभ्स ७ अंकसहित अघि बढ्नेछ । भारतलाई भने फाइनल पुग्नका लागि जितबाहेकको विकल्प छैन । भारत विजयी भएमा भने टोलीको ८ अंक हुनेछ ।

अपराजित भारत

जारी साफ च्याम्पियनसिपमा भारतमात्र एक मात्र अपराजित टोली रहेको छ । फाइनल दौडमा रहेका ४ टोलीमध्ये नेपाल मात्र अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । सर्वाधिक सफल टोली भारतले ७ पटक साफ च्याम्पियनसिप जित्दा माल्दिभ्सले २ पटक र बंगलादेशले १ उपाधि उपाधि उचालेका छन् । नेपाल भने अहिले सम्म फाइनल पुग्न सकेको छैन । अघिल्ला १२ संस्करणमा ५ पटक सेमिफाइनलमा पुग्नु नै नेपालको सफल नजिता हो ।

यसपटक भने नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० र अर्को खेलमा श्रीलंकालाई ३–२ ले हराउँदै दमदार सुरुवात गरेको थियो । झण्डै तीन दशक लामो च्याम्पियनसिपमा नेपालले सुरुवाती दुई खेल यसै पटक जितेको हो । नेपालसँग पहिलो खेल गुमाएपनि माल्दिभ्सले बंगलादेश र श्रीलंकालाई हराउँदै फाइनलको सम्भावनालाई जीवित राखेको छ ।

पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको भारतले अर्को खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपाललाई १–० ले हराउँदै भारत च्याम्पियनसिपको उपाधि दौडमा फर्केको थियो । यसपटक ८ खेलमा १३ गोल भएका छन् । नेपालका लागि अलग अलग ४ खेलाडीले गोल गरेका थिए ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.