default_image

2 years ago

October 12, 2021

जापानले अष्ट्रेलियालाई हरायो

एजेन्सी – कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो चरणको छनोटमा जापानले अष्ट्रेलियालाई पराजित गरेको छ । मंगलबार साइतामा रंगशालामा भएको खेलमा जापानले २-१ को जित दर्ता गरेको हो । घरेलु टोलीले खेलको आठौं मिनेटमा आओ तानकाको गोलमा अग्रता लिएको थियो । उनले ताकुमी मिनामिनोले सिर्जना गरेको उत्कृष्ट मुभलाई गोलमा परिणत गरेका थिए । […]

34 views

0 Bookmark

एजेन्सी – कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो चरणको छनोटमा जापानले अष्ट्रेलियालाई पराजित गरेको छ । मंगलबार साइतामा रंगशालामा भएको खेलमा जापानले २-१ को जित दर्ता गरेको हो ।

घरेलु टोलीले खेलको आठौं मिनेटमा आओ तानकाको गोलमा अग्रता लिएको थियो । उनले ताकुमी मिनामिनोले सिर्जना गरेको उत्कृष्ट मुभलाई गोलमा परिणत गरेका थिए । दोस्रो हाफको ७० औं मिनेटमा अष्ट्रेलियाले बराबरी गोल फर्कायो । एज्दीन हर्स्तिचले फ्रिकिकमा सानदार गोल गर्दै खेलमा फर्काएपनि ५ मिनेट बाँकी रहँदा घरेलु टोलीले अग्रता लिएको थियो । असानोको प्रहार पोस्टमा लागेर फर्केपछि अष्ट्रेलियाका अजिज बेहिचलाई लाग्दै आत्मघाती गोलमा परिणत भएको थियो ।

यस जितसँगै जापानले छनोटमा पुनरागमन गर्ने संकेत देखाएको छ । ४ खेल खेलेको जापानको २ जित र २ हारसँगै मात्र ६ अंक छ । पहिलो खेलमा ओमानसँग १-० ले स्तब्ध जापानले दोस्रो खेलमा चीनलाई १-० ले हराएको थियो । गत साता साउदी अरेबियासँग १-० ले पराजित भएपछि जापान समस्यामा परेको थियो ।

समूह बीमा अष्ट्रेलिया ४ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा छ । साउदी अरेबियाको ३ खेलमा ९ अंक छ । जापान ६ अंकसहित तेस्रो स्थानमा छ । ३ खेलमा ३ अंक जोडेका ओमान र चीनले जापानलाई पछ्याइरहेका छन् । भिएतनामको ३ खेलमा कुनै अंक छैन । आज हुने अर्को खेलमा साउदीले चीन तथा ओमानले भिएतनामसँग खेल्नेछ ।

लिग चरणको समाप्तिपछि समूहको शीर्ष दुई स्थानमा रहने टोलीले विश्वकपमा स्थान पक्का गर्नेछन् । त्यस्तै तेस्रो स्थानमा रहने टोलीले भने अर्को समूहको तेस्रो हुने टोलीसँग प्लेअफ खेल्नेछ । उक्त प्लेअफ जित्ने टोलीले एसियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोटका लागि अन्तर महादेशीय प्लेअफ खेल्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.