default_image

2 years ago

October 13, 2021

डेनमार्क विश्वकपमा छनोट

एजेन्सी – युरोकप २०२० मा सनसनीपुर्ण प्रदर्शन गरेको डेनमार्क कतार विश्वकप २०२२ मा छनोट हुन सफल भएको छ । बुधबार राति अष्ट्रियामाथि १–० को झिनो जित निकाल्दै डेनमार्कले समूह चरणको दुई खेल बाँकी छँदै विश्वकपमा छनोट हुन सफल भएको हो । योसँगै डेनमार्क विश्वकपमा छनोट हुने दोस्रो टोली बनेको छ । यसअघि मंगलबार जर्मनीले विश्वकपको […]

58 views

0 Bookmark

एजेन्सी – युरोकप २०२० मा सनसनीपुर्ण प्रदर्शन गरेको डेनमार्क कतार विश्वकप २०२२ मा छनोट हुन सफल भएको छ । बुधबार राति अष्ट्रियामाथि १–० को झिनो जित निकाल्दै डेनमार्कले समूह चरणको दुई खेल बाँकी छँदै विश्वकपमा छनोट हुन सफल भएको हो ।

योसँगै डेनमार्क विश्वकपमा छनोट हुने दोस्रो टोली बनेको छ । यसअघि मंगलबार जर्मनीले विश्वकपको टिकट पक्का गरेको थियो । कतार आयोजकको रुपमा छनोट भइसकेको छ । डेनमार्कको जितमा जोकिम माहेलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५३औं मिनेटमा थोमस डिलानेको पासमा गोल गरेका थिए ।

यो जितपछि डेनमार्क ‘एफ’ मा ८ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । डेनमार्कले दोस्रो स्थानमा रहेको स्कटलयान्डलाई ७ अंकले पछि पारेको छ । अब बाँकी दुई खेलमा हार बेहोरेपनि डेनमार्कलाई दोस्रो स्थानमा रहेको स्कटल्यान्डले भेट्ने छैन ।

पराजित अष्ट्रिया १० अंक जोडेर चौथो स्थानमा रहेको छ । डेनमार्कले अब फारोइ आइल्यान्ड र स्कटल्यान्डसँग खेल्न बाँकी छ । यही समूहको अर्काे खेलमा स्कटल्यान्डले फारोइ आइल्यान्डलाई १–० ले तथा इजरायलले मोल्दोभालाई २–१ ले पराजित गरेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.