default_image

3 years ago

October 13, 2021

इंग्ल्यान्ड बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा इंग्ल्यान्ड बराबरीमा रोकिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको छ । इंग्ल्यान्डले घरेलु मैदानमा सन् २०१२ पछि बराबरी खेलेको हो । त्यतिबेला युक्रेनसँग बराबरी खेलेको थियो । वेम्वली स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोली खेलको २४औं मिनेटमा पछि परेको थियो । […]

84 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा इंग्ल्यान्ड बराबरीमा रोकिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको छ ।

इंग्ल्यान्डले घरेलु मैदानमा सन् २०१२ पछि बराबरी खेलेको हो । त्यतिबेला युक्रेनसँग बराबरी खेलेको थियो । वेम्वली स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोली खेलको २४औं मिनेटमा पछि परेको थियो । रोलान्ड सल्लाईले पेनाल्टीमार्फत गोल गर्दै हंगेरीलाई १–० को अग्रता दिलाए ।

३७औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफमा दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । बराबरीपछि इंग्ल्यान्डलाई विश्वकपमा छनोट हुन अर्काे खेल कुर्नुपर्ने भएको छ । यो बराबरीपछि इंग्ल्यान्ड समूह ‘आई’ मा ८ खेलबाट २० अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको पोल्यान्डको १७ अंक छ ।

यही समूहको अर्काे खेलमा पोल्यान्डले अल्वानियालाई १–० ले पराजित गरेको छ । पोल्यान्डको जितमा कारोल स्वीर्डेस्कीले ७७औं मिनेटमा विजयी गोल गरे ।

यो जितपछि पोल्यान्डले विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । पोल्यान्ड शीर्षस्थानको इंग्ल्यान्डसँग मात्रै ३ अंकले पछि छ । अब समूह चरणमा दुई खेल खेल्न बाँकी छ ।

अर्काे खेलमा एन्डोराले समान मारिनोलाई ३–० ले पराजित गरेको छ । एनडोराको जितमा मार्क पुजोल, सर्जियो मोरेनो र रिकार्ड फर्नान्डेजले गोल गरे । यो नतिजापछि एन्डोराको ६ अंक पुगेको छ । सान मारिनो अंकविहीन हुदै पुछारमा छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.