default_image

3 years ago

October 13, 2021

प्रशिक्षक अलमुताइरीले फाइनल पुगेपछि यसो भने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीलाई पहिलो पटक फाइनल पुर्याएपछि आफूले पद छाड्ने घोषणा गरेका छन् । खेलपछि आयोजित पत्रकार सम्मेलनमा अलमुताइरीले यस्तो भने : सुरुवातमा धन्यवाद बंगलादेश राष्ट्रिय टोलीलाई, उनीहरुले आफ्नो देशको लागि निकै मिहिनेत गरे । आज गोलरक्षकले रातो कार्ड खानु नै खेल बदल्ने क्षण बन्यो । आज भाग्य हाम्रो पक्षमा थियो । म […]

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीलाई पहिलो पटक फाइनल पुर्याएपछि आफूले पद छाड्ने घोषणा गरेका छन् ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा अलमुताइरीले यस्तो भने :

सुरुवातमा धन्यवाद बंगलादेश राष्ट्रिय टोलीलाई, उनीहरुले आफ्नो देशको लागि निकै मिहिनेत गरे । आज गोलरक्षकले रातो कार्ड खानु नै खेल बदल्ने क्षण बन्यो । आज भाग्य हाम्रो पक्षमा थियो । म भगवानलाई धन्यवाद भन्न चाहन्छु । आज मैले भगवानको कारण नै विश्वको सबैभन्दा खुसी मान्छे बन्न पाएको छु ।

पछिल्लो तीन दिन मेरो लागि निकै कठिन समय थियो । उनीहरुले मेरो बारेमा धेरै बोलेका थिए । मान्छेहरुलाई मेरो बारेमा नराम्रो बोल्न ठाउँ दिने प्रयास गरेका थिए । हिजो हाम्रो ३ बजे प्रशिक्षण थियो । त्यस कारण सहायक प्रशिक्षक र अर्का खेलाडीले पत्रकार सम्मेलनमा आएका थिए । तर एक मिडियाले त्यसबारे पनि नराम्रो लेख्यो । प्रशिक्षकको सम्मान गरेन ।

हामी पनि मानिस हौं । हाम्रो पनि परिवार छ । म यहाँ तपाईहरुलाई सोध्छु, के तपाईंहरु अन्य मान्छेले म्याच फिक्सिङ गर्यो लेख्दा खुसी हुनुहुन्छ ? मलाई मेरो ११ वर्षको छोराले यसबारे सोध्यो । मैले उसलाई के जवाफ दिनु ? यो राम्रो पत्रकारिता भएन ।

मैले नेपालमा आएको पहिलो पत्रकार सम्मेलनमा भनेको थिएँ । हामी साफको फाइनल पुगेर इतिहास रच्नेछौं । हामी एसियन कपको तेस्रो चरण पुग्नेछौं । र नेपाललाई गर्व गर्न लायक टोली बनाउनेछौं भनेको थिएँ । तर आज नेपाल मात्र होइन, दक्षिण एसिया हामीलाई देखेर गर्व गर्नेछ ।

र साफ च्याम्पियनसिपको फाइनल खेल मेरो लागि नेपाली राष्ट्रिय फुटबल टोलीका लागि अन्तिम खेल हुनेछ । म खेलपछि फेरी नेपाल फर्केर जाने छैन । मेरो नाम प्रयोग गरेर पैसा कमाउने मिडियाले नै राष्ट्रिय टोली चलावोस ।

मैले तीन दिनदेखि केहि खाएको छैन, सुत्न पाएको छैन । आज मलाई अन्य केहि प्रश्न नगर्नुहुन अनुरोध गर्दछु । म आफ्नो परिवारसँग बोल्न चाहन्छु ।

मैले प्रतियोगिता सुरु हुनुअघि नै राजिनामा दिएको थिएँ । साफ च्याम्पियनसिप सकिएपछि मात्र राजिनामा लागु हुने बताएको थिएँ ।

भारत र माल्दिभ्स दुवै राम्रो टोली हो । मैले को आउँछ भन्न सक्दिन । दुवै साफको इतिहासका राम्रो टोली हो । जो आएपनि हामीले खेल्नेछौं । र हामी तयार हुनेछौं ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.