default_image

3 years ago

October 14, 2021

नेपाललाई पहिलोपटक साफको च्याम्पियन बन्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले दक्षिण एसियाली राष्ट्रका पुरुष राष्ट्रिय फुटबल टोलीले खेल्ने एक मात्र प्रतियोगिता साफ च्याम्पियनसिप अहिले सम्म जित्न सकेको छैन । उपाधि नजितेको मात्र होइन फाइनल पनि पुग्न सकेको थिएन । यसपटक भने नेपाली टोलीले पहिलोपटक फाइनल यात्रा तय गर्दै फरक कथा रचेको छ । सुरुवाती दुई खेलमा जित निकाल्दै दमदार सुरुवात गरेको […]

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले दक्षिण एसियाली राष्ट्रका पुरुष राष्ट्रिय फुटबल टोलीले खेल्ने एक मात्र प्रतियोगिता साफ च्याम्पियनसिप अहिले सम्म जित्न सकेको छैन । उपाधि नजितेको मात्र होइन फाइनल पनि पुग्न सकेको थिएन । यसपटक भने नेपाली टोलीले पहिलोपटक फाइनल यात्रा तय गर्दै फरक कथा रचेको छ ।

सुरुवाती दुई खेलमा जित निकाल्दै दमदार सुरुवात गरेको नेपालले भारतसँग १–० को हारपछि केहि दबाब महसुस भने गरेको थियो । राउन्ड रोविनको अन्तिम खेलमा बुधबार बंगलादेशलाई १–१ को बराबरी गरेपछि २८ वर्ष लामो इतिहास बोकेको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनल पुगेको छ । टोली च्याम्पियन बन्नका लागि अब एक कदम मात्र टाढा छ । नेपालले फाइनलमा आयोजक माल्दिभ्स र भारतमध्ये एउटा टोलीको सामना गर्नेछ ।

विगतमा दक्षिण एसियाली खेलकुद (साग) तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) को उपाधि नेपालले दुई पटक जितेपनि त्यसयता सिनियर टोलीले खेल्ने कुनै उपाधि नेपालले जितेको छैन । १९८४ मा भएको पहिलो साग र १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपालले स्वर्ण पदक जितेयता क्षेत्रिय सिनियर टोलीले क्षेत्रियस्तरको कुनै प्रतियोगिता जितेको छैन । यद्दपी सन् २००४ पछि ओलम्पिक टोली (यू २३) को सहभागिता रहने गरेयता नेपालले १२ औं र १३ औं सागमा लगातार स्वर्ण पदक जितेको थियो ।

फरक फरक नामले आयोजना हुँदै आएको साफ च्याम्पियनसिपको पहिलो संस्करण सन् १९९३ पाकिस्तानमा भएको थियो । त्यति बेला साउथ एसियन एसोसिएसन अफ रिजनल को अपरेसन (सार्क) गोल्ड कपको नाममा आयोजना भएको थियो । झण्डै ३ दशक लामो इतिहास बोकेको २००८ बाट भने साफ च्याम्पिनसिपको नामबाट आयोजना हुँदै आएको छ । विगतामा ८ राष्ट्रको सहभागिता रहने गरेको च्याम्पिननसिपमा ५ राष्ट्र च्याम्पियन बनेका छन् । सर्वाधिक सफल टोलीका रुपमा भारतले ७ पटक, माल्दिभ्सले २ पटक, श्रीलंका, बंगलादेश र अफगानिस्तानले समान एक पटक जितेका छन् ।

नेपाल, पाकिस्तान र भुटानले भने अहिले सम्म च्याम्पिनसिप जित्न सकेको छैन । सागमा सिनियर टोलीले खेल्दा २ पटक स्वर्ण पदक जितेपनि नेपाल साफ च्याम्पिनयसिपमा पटक सेमिफाइनल पुगेपनि अहिले सम्म फाइनल पुग्न सकेको छैन । हरेक पटक दाबेदारका रुपमा हेरिने नेपाली टोली निराश भएर फर्कने गरेको छ । २०१६ मा एएफसी सोलिडारिटी कप, त्यसको केहि अघि बंगबन्धु गोल्ड कप, चैतमा थ्री नेसन्स कप जितेपछि साफ च्याम्पिनयसिप नजित्दा सम्म नेपाललाई दक्षिण एसियाली राष्ट्रको च्याम्पियनको हैसियत पाउने छैन ।

साफ च्याम्पियनसिपको इतिहास

पाकिस्तान ( जुलाई १६–२३,१९९३) , सार्क गोल्डकप

पाकिस्तानको लाहोरमा आयोजना भएको पहिलो संस्करणमा नेपाल,पाकिस्तान, भारत र श्रीलंका गरि ४ टोलीको सहभागिता थियो । राउन्ड रोविनका आधारमा भएको प्रतियोगितामा भारत २ जित र १ बराबरीका साथ ७ अंक जोड्दै चयाम्पियन बनेको थियो । ४ खेल जोडेको श्रीलंका दोस्रो, समान २ अंक जोडेको नेपाल तेस्रो र पाकिस्तान चौथो भएको थियो । नेपालले दुई खेलमा बराबरी खेलेको थियो । आयोजक पाकिस्तानसँग १–१ को बराबरी खेलेको नेपालले श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो । भारतसँगको खेल नेपालले १–० ले गुमाएको थियो । च्याम्पियनसिपमा जम्मा ६ खेलमा ११ गोल भएका थिए ।

श्रीलंका, (२५ मार्च– २ अप्रिल,१९९५ ) सार्क गोल्डकप (सार्क व्रिस्टोल गोल्डकप)

दोस्रो संस्करण श्रीलंकाको कोलम्बोमा भएको थियो । त्यसमा बंगलादेश थपियो । २ समूहमा बाढिएको थियो । नेपालसहित समूह एमा बंगलादेश र पाकिस्ता थिए । बंगलादेशसँग २–० ले पराजित नेपाल पाकिस्तानालाई सोहि अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा भने नेपाल श्रीलंकासँग २–१ ले पराजित भएको थियो । फाइनलमा भारतलाई हराउँदै श्रीलंका पहिलो पटक च्याम्पियन बन्यो । च्याम्पियनसिपमा ७ खेलमा १३ गोल भएको थियो ।

नेपाल, ४ सेप्टेम्बर–१३ सेप्टेम्बर, १९९७ (सार्क गोल्डकप)

नेपालको काठमाडौंमा भएको तेस्रो संस्करणमा आइपुग्दा सहभागी संख्या ६ पुग्यो । जसमा माल्दिभ्स पहिलो पटक सहभागि भएको थियो । माल्दिभ्सलाई हराउँदै दोस्रो पटक भारत च्याम्पियन बनेको संस्करणमा नेपाल भने सेमिफाइनल पनि पुग्न सकेन । समूह एमा रहेको नेपाल पाकिस्तानसँग २–० र श्रीलंकासँग ३–१ ले पराजित भएको थियो । च्याम्पियनसिपमा नेपालका लागि एक मात्र गोल दीपक अमात्यले गरेका थिए । सार्क गोल्ड कपका १० खेलमा २९ गोल भएको थियो ।

भारत, २२ अप्रिल– १ मे, १९९९ (सार्क गोल्डकप, साफ कोकाकोला कप)

भारतको गोवाभएको सार्क गोल्डकपलाई प्रायोजकका कारण साफ कोकाकोला कपका नाममा पनि आयोजना गरियो ।
त्यसमा पनि ६ टोलीकै सहभागिता रह्यो । भारत लगातार दोस्रो र समग्रमा तेस्रो पटक च्याम्पियन बन्यो । फाइनलमा भारतले बंगलादेशलाई २–० ले हराएको थियो । नेपाल सेमिफाइनल पुग्यो । समूह बीमा श्रीलंकालाई ३–२ लाई हराएको नेपाल माल्दिभ्ससँग सोही अन्तरमा पराजित भएपछि अन्तिम चार पुग्न सफल रह्इो । सेमिफाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदा बालगोपाल महर्जनले गोल गरेका थिए । च्याम्पियनसिपका १० खेलमा २६ गोल भएको थियो ।

बंगलादेश, १०–२० जनवरी २००३ (सार्क गोल्डकप)

पाँचौं संस्करण बंगलादेशको ढाकामा आयोजना भयो । पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा बंगलादेशनै च्याम्पियन बन्यो । माल्दिभ्सलाई पेनाल्टीमा हराउँदै बंगालादेश विजेता बनेको थियो । २००२ मै आयोजना हुनुपर्ने भएपनि बंगलादेशमाथि फिफाको प्रतिबन्धका कारण च्याम्पियनसिप एक वर्ष ढिला आयोजना भएको थियो । प्रतियोगितामा सहभागिता संख्या ८ पुग्यो । पहिलो पटक भुटान समावेश भएको थियो ।

खेल तालिका सार्वजनिक गर्दा सहभागिता नभएपनि पछि एसियाली फुटबल महासंघ (एएफसी) को सिफारिसमा अफगानिस्तानलाई पनि खेलाइएको थियो । त्यो संस्करणमा नेपाल समूह चरणबाट बाहिरियो । बंगलादेशसँग १–० र माल्दिभ्ससँग ३–२ ले पराजित नेपालले भुटानलाई भने २–० ले हराएको थियो । साविक विजेता समेत रहेको बलियो भारत सेमिफाइनलमा बंगलादेशसँग पराजित भएको थियो । च्याम्पियनसिपमा १६ खेमा ३२ गोल भएको थियो ।

पाकिस्तान, ७–१७ डिसेम्बर,२००५ (सार्क गोल्डकप)

छैटौं संस्करणमा पुग्दा पाकिस्तानले दोस्रो पटक च्याम्पियनसिप आयोजनाको मौका पाएको थियो । जसमा अघिल्लो संस्करणको जस्तो ८ टोलीको सहभागिता रहेको थियो । नेपालको समूहबाट बंगलादेश र भारत सेमिफाइनल पुगेका थिए । नेपाल र भुटान फेरि पनि समूह चरणमै पराजित भएको थियो । पहिलो खेलमा भारतसँग २–१ र दोस्रोमा बंगलादेशसँग २–० पराजित भएको नेपालले तेस्रो खेलमा भुटानलाई ३–१ ले हराएको थियो । भारतले बंगलादेशलाई हराउँदै उपाधि जितेको थियो । त्यो भारतको चौथो उपाधि थियो । १५ खेल खेलिएको च्याम्पियनसिपमा ३८ गोल सम्भव भएका थिए ।

माल्दिभ्स/श्रीलंका ,३–१४ जुन, २००८ (साफ च्याम्पियनसिप)

पहिलो पटक साफ च्याम्पियनसिपका नाममा आयोजना भएको च्याम्पियनसिप श्रीलंका र माल्दिभ्समा संयुक्त रुपमा भएको थियो । एक वर्ष ढिला गरि एको च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको थियो । भारतलाई १–० ले हराउँदै माल्दिभ्स पहिलो पटक च्याम्पियन बनेको थियो । माल्दिभ्समा भएको समूह चरणमा नेपाल भारतसँग ४–० ले, माल्दिभ्ससँग ४–१ ले पराजित भएको थियो । अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ४–१ ले हराएपनि टोली समूह चरणबाटै बाहिरिएको थियो । भारत र माल्दिभ्स समूह एबाट र सह आयोजक श्रीलंका र भुटान समू हबीबाट सेमिफाइनल पुगेका थिए । च्याम्पियनसिपका १५ खेलमा ४३ गोल भएको थियो ।

बंगलादेश , ४–१३ डिसेम्बर, २००९ (बंगबन्धु साफ च्याम्पियनसिप)

भारतले आयोजना नगरेपछि बंगलादेशले सातौं संस्करण आयोजना गरेको थियो । भारत पाँचौं पटक च्याम्पियसिप जित्न सफल भएको थियो । माल्दिभ्सलाई पेनाल्टी सुट आउटमा हराउँदै भारत च्याम्पियन बनेको थियो । नेपाल भने फेरि पनि समूह चरणबाटै बाहिरिएको थियो । समूह एमा नेपालले माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो भने अर्को खेलमा भारतसँग १–० ले निराश भएको थियो । अन्तिम खेलमा अफगानिस्तानलाई ३–० ले हराएपछि नेपाल समूहमा तेस्रो स्थानमा रह्यो । माल्दिभ्स र भारत सेमिफाइनल पुगे । अर्को समूहबाट बंगलादेश र श्रीलंका अन्तिम चारमा पुगेका थिए । च्याम्पियनसिपका १५ खेलमा ४२ गोल भएको थियो ।

भारत, डिसेम्बर २–११,२०११ (कार्बन साफ च्याम्पियनसिप)

कार्बन मोबाइल्सले प्रायोजन गरेको च्याम्पियनसिपको नाम कार्बन साफ च्याम्पियनसिप भारतको नयाँ दिल्लीमा आयोजना भएको थियो । अघिल्लो संस्करणमा जस्तै ८ टोलीको सहभागिता रहेको थियो । नेपाल समूह बीमा रहेको थियो । माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै अघि बढेको नेपाले बंगलादेशलाई १–० ले हराउँदै सेमिफाइनलको सम्भावनालाई बलियो बनयो । पाकिस्तानसँग १–१ को बराबरी खेलेपनि समूह उपविजेताका रुपमा नेपाल अन्तिम चारमा पुग्यो । माल्दिभ्स समूह विजेताका रुपमा अघि बढेको थियो ।

अर्को समूहमा समान ७ अंक भएपनि अफगानिस्तान विजेता र भारत उपविजेताका रुपमा अन्तिम चारमा पुगे । सेमिफाइनलको थप समयमा पुगेर अफगानिस्तानले नेपाललाई १–० ले हरायो । अर्को सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३–१ ले जित्यो । एक पक्षिढा फाइनलमा अफगानिस्तानलाई ४–० ले हराउँदै भारत छैटौं पटक च्याम्पियन बन्यो । च्याम्पियनसिपका १५ खेलमा ४४ गोल भए । भारतीय कप्तान सुनिल क्षेत्री ७ गोलका साथ सर्वाधिक गोलकर्ताका साथै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

नेपाल, अगष्ट ३१–११ सेप्टेम्बर,२०१३ (साफ च्याम्पियनसिप)

झन्डै डेढ दशकपछि नेपालले साफ च्याम्पियनसिप दोस्रो पटक आयोजना गरेको थियो । नेपाल पहिलो पटक समूह विजेताका रुपमा सेमिफाइन पुगेको थियो । ३ खेलमा नेपाल अपराजित रह्यो । बंगलादेशलाई पहिलो खेलमा २–० ले हराएको नेपाल अर्को खेलमा पाकिस्तानसँग १–१ को बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा नेपालले भारतलाई २–१ ले हराएको थियो । त्यो समूहबाट भारत उपविजेताका रुपमा अघि बढ्यो ।

अर्को समूहबाट माल्दिभ्स विजेता र अफगानिस्तान उपविजेताका रुपमा अघि बढे । नेपाल फरि एकपटक सेमिफाइनलमा अफगानिस्तानसँग १–० ले निराश भएको थियो । भारतलाई २–० ले हराउँदै अफगानिस्ता पहिलो पटक च्याम्पियन बन्यो । नेपालले फिफा फेयर प्ले अवार्ड जितेको च्याम्पियनसिपमा आयोजक राष्ट्रकातर्फबाट रविन श्रेष्ठ मष्ट भ्यालुयबल प्लेयर चुनिए । च्याम्पियनसिपका १५ खेलमा ५१ गोल भएको थियो ।

भारत, २३ डिसेम्बर २०१५ – ३ जनवरी,२०१६ (साफ च्याम्पियनसिप, साफ सुजुकी कप)

च्याम्पियनसिपको ११ औं संस्करण भारतले त्रिबेदनपुरममा आयोजना गर्यो । आन्तरिक कारणले पाकिस्तान सहभागिता नभएको च्याम्पिनसिपमा अफगानिस्तानले अन्तिम पटक भाग लिएको थियो । मध्य एसिया फुटबल महासंघमा आबद्ध भएपछि साविक विजेता अफगानिस्तानले अन्तिम पटक साफ च्याम्पियनसिप खेलेको थियो ।

लगातार दोस्रो पटक भारत र अफगानिस्तानले फाइनल खेलेका थिए । जहाँ भारतले थप समयमा अफगानिस्तानलाई २–१ ले हराएको थियो । नेपाल फेरि एक पटक सेमिफाइनल पुग्नबाट बञ्चि रह्यो । ३ टोली रहेको समूहमा नेपाल दुवै खेल गुमाएर फर्केको थियो । श्रीलंकासँग १–० ले पराजित भएको नेपाल अर्को खेलमा भारतसँग ४–१ ले स्तब्ध बनेको थियो । च्याम्पियनसिपमा १२ खेल हुँदा ४४ गोल भएको थियो ।

बंगलादेश, ४–१५ सेप्टेम्बर २०१८ (साफ च्याम्पियनसिप, साफ सुजुकी कप )

१२ औं संस्करण पनि निर्धारित पूर्वनिर्धारत समय भन्दा झण्डै एक वर्ष ढिला आयोजना भएको थियो । बंगलादेशको ढाकामा भएको च्याम्पियनसिपमा भारतलाई २–१ ले हराएर माल्दिभ्सले दोस्रो पटक साफ च्याम्पिनसिप जितेको थियो । मुख्य दाबेदार मध्येको एकका रुपमा हेरिएको नेपाल फेरि एक पटक सेमिफाइनलबाट अघि बढ्न सकेन । समूह एमा पाकिस्तानसँग २–१ ले पराजित भएपनि त्यसपछिका खेलमा दुई खेलमा नेपालले सानदार प्रदर्शन गरेको थियो । भुटानलाई ४–० ले र बंगलादेशलाई २–० ले हराएपछि नेपाल समूह विजेताका रुपमा अघि बढेको थियो । त्यसबाट पाकिस्तान उपविजेता बनेको थियो ।

अर्को समूहबाट भारत विजेता र माल्दिभ्स उपविजेता बनेको थियो । भाग्यले माल्दिभ्सलाई साथ दिएको थियो । समान २ अंक, समान गोलअन्तर, समान गोल गरेको र हेड टु हेडमा पनि बराबरीपछि गरिएको टसमा माल्दिभ्स भाग्यशाली बन्दै अन्तिम चारमा पुगेको थियो । सेमिफाइनलमा नेपाललाई ३–० ले हराउँदै अघि बढेको माल्दिभ्सले फाइनलमा भारतलाई पनि माथ दिएको थियो । च्याम्पियनसिपका १२ खेलमा २९ गोल भएका थिए ।

माल्दिभ्स, १–१६ अक्टुबर (साफ च्याम्पिनयसिप, ओरेडो साफ च्याम्पिनयसिप)

सुरुमा पाकिस्तान, पछि बंगलादेश भन्दै अन्ततः माल्दिभ्सले साफ च्याम्पियनसिपको १३ औं संस्करण सन्चालन भइरहेको छ । कोभिडका कारण २ पटक रोकिएको च्याम्पियनसिपमा धेरै पछि ५ टोलीको मात्र सहभागिता रहेको छ । राउन्ड रोविनका आधारमा च्याम्पिनयसिप हुनेछ । सबै १३ संस्करणमा खेल्ने नेपाल, भारत र श्रीलंका मात्रै हुन् । बंगलादेशले १२ र माल्दिभ्सको यो ११ औं सहभागिता हो । यसपटक ११ खेल हुनेछन् । राउन्ड रोविन पछि समूहका शीर्ष २ टोलीबीच असोज ३० गते नयाँ च्याम्पियनको छिनो फानो हुनेछ । नेपाल पहिलो पटक फाइनल पुगेको छ । माल्दिभ्स र भारतमध्ये एउटा टोलीले नेपालसँग फाइनल खेल्नेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.