default_image

3 years ago

October 13, 2021

साफको फाइनल पुग्ने टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टोलीलाई बधाई दिएका छन् । माल्दिभ्समा जारी च्याम्पियनसिपमा राउन्ड रोविनको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै नेपाली टोली उपाधि नजिक पुगेको हो । प्रधानमन्त्री देउवाले बुधबार साँझ सामाजिक ट्विट गर्दै नेपाली टोलीलाई बधाई दिएका हुन् । उनले फाइनलका लागि […]

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टोलीलाई बधाई दिएका छन् । माल्दिभ्समा जारी च्याम्पियनसिपमा राउन्ड रोविनको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै नेपाली टोली उपाधि नजिक पुगेको हो ।

प्रधानमन्त्री देउवाले बुधबार साँझ सामाजिक ट्विट गर्दै नेपाली टोलीलाई बधाई दिएका हुन् । उनले फाइनलका लागि पनि शुभेच्छा दिएका छन्।
उनले लेखेका छन्, ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।’

पहिलो २ खेलमा माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको नेपाल तेस्रो खेलमा भारतसँग १–० पराजित भएको थियो । फाइनल पुग्न बराबरी खेल्नु पर्ने नेपालको बाध्यता थियो । खेलको आठौं मिनेटमै पछि परेको नेपालका लागि खेलको अन्त्यतिर अन्जन विष्टले पेनाल्टीमा बराबरी गोल फर्काएका थिए । सन् १९९३ मा सुरु भएको च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनल पुग्न सफल भएको हो ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.