default_image

3 years ago

October 13, 2021

माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शनिबार हुने फाइनल खेलमा नेपालले उपाधिका लागि भारतको सामना गर्ने भएको छ । लिग चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेपछि फाइनल समीकरण पूरा भएको हो । कप्तान सुनिल क्षेत्रीको दुई गोलमा आयोजक तथा साविक विजेता माल्दिभ्समाथि ३-१ को जित दर्ता गर्दै भारत फाइनल पुग्न सफल भएको […]

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शनिबार हुने फाइनल खेलमा नेपालले उपाधिका लागि भारतको सामना गर्ने भएको छ । लिग चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेपछि फाइनल समीकरण पूरा भएको हो ।

कप्तान सुनिल क्षेत्रीको दुई गोलमा आयोजक तथा साविक विजेता माल्दिभ्समाथि ३-१ को जित दर्ता गर्दै भारत फाइनल पुग्न सफल भएको हो । भारत प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । भारतले यसअघि नेपाललाई १-० ले पराजित गरेको थियो भने श्रीलंका र बंगलादेशसँग बराबरीमा रोकिएको थियो ।

भारतले ४ खेलमा २ जित र २ बराबरसहित ८ अंक जोड्दा नेपाल ४ खेलमा २ जित, १ हार र १ बराबरसँगै ७ अंक जोड्दै दोस्रो स्थानमा रहयो । माल्दिभ्स ६ अंकसाथ तेस्रो र बंगलादेश ५ अंक जोड्दै चौथो भयो । यसअघि १ अंक जोडेको श्रीलंका समूह चरणबाट बाहिरिएको थियो ।

भारतका लागि ३३ औं मिनेटमा मनवीर सिंहले गोल गर्दै अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्तिम मिनेटमा अलि अश्फाकले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको ६२ औं मिनेटमा कप्तान सुनिलले गोल गर्दै भारतलाई पुन: अघि बढाए । ७१ औं मिनेटमा सुनिलले फ्रिकिकमा आएको पासलाई सदुपयोग गर्दै ३-१ ले अघि बढाए ।

खेलको ८० औं मिनेटमा भारतका प्रशिक्षक इगोर स्टिमाचले रातो कार्ड पाएका थिए । रेफ्रीको निर्णयमा लगातार विरोध गरेका उनले खेलमा दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड पाएपछि बेन्च छाडेका थिए । उनले अब फाइनलमा पनि बेन्चमा बस्न पाउने छैनन् ।

यसअघि नेपालले बंगलादेशसँग १-१ को बराबरी खेल्दै फाइनलमा स्थान पक्का गरेको थियो । प्रतियोगिताको इतिहासमा नै नेपाल पहिलो पटक फाइनल पुगेको हो ।

यो पनि :

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.