default_image

3 years ago

October 14, 2021

फाइनलमा भारतका प्रशिक्षक स्टिमाच र दुई खेलाडी नहुने

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय राष्ट्रिय टोलीका प्रशिक्षक इगोर स्टिमाचले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शनिबार हुने फाइनल खेलमा सहभागी जनाउन नपाउने भएका छन् । त्यस्तै टोलीका दुई मुख्य खेलाडीले पनि फाइनल गुमाउने भएका छन् । माल्दिभ्सविरुद्ध बुधबार भएको समूह चरणको अन्तिम खेलमा स्टिमाचले रातो कार्ड पाएपछि उनले अर्को खेल गुमाउने भएका हुन् । भारतको अर्को […]

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय राष्ट्रिय टोलीका प्रशिक्षक इगोर स्टिमाचले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शनिबार हुने फाइनल खेलमा सहभागी जनाउन नपाउने भएका छन् । त्यस्तै टोलीका दुई मुख्य खेलाडीले पनि फाइनल गुमाउने भएका छन् ।

माल्दिभ्सविरुद्ध बुधबार भएको समूह चरणको अन्तिम खेलमा स्टिमाचले रातो कार्ड पाएपछि उनले अर्को खेल गुमाउने भएका हुन् । भारतको अर्को खेल शनिबार नेपालसँग प्रतियोगिताको उपाधि भिडन्त रहेको छ । स्टिमाच भारतको टचलाइनमा नहुँदा टोलीलाई पक्कै घाटा हुनेछ ।

इगोरले माल्दिभ्सविरुद्ध खेलमा दुई पटक पहेंलो कार्डपछि रातो कार्ड खाँदै मैदान छाड्नुपरेको थियो । रेफ्री अम्मर अश्कनानीले खेलको ५४ औं मिनेटमा रेफ्रीको निर्णयलाई लिएर बारम्बार असन्तुष्टि पोखेपछि स्टिमाचलाई चेतावनी दिँदै पहेंलो कार्ड देखाएका थिए । त्यसपछि ८० औं मिनेटमा पनि उनले सोहि व्यवहार दोहोर्याएपछि रेफ्रीले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड देखाउँदै उनलाई बेन्चबाहिर पठाएका थिए ।

त्यसो त भारतका लागि डिफेन्डर सुभासिस बोसले पनि फाइनल गुमाउनेछन् । उनले पनि खेलमा दुई पहेंलो कार्डको सामना गरेका थिए । पहिलो पहेंलो कार्ड दुई हाफको बिचमा पाएका उनले इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो पहेंलो कार्ड पाएका थिए । रातो कार्ड पाएसँगै उनले शनिबार हुने फाइनल गुमाउनेछन् ।

यस्तै भारतका युवा फरवार्ड फारुख चौधरीले पनि चोटका कारण नेपालविरुद्ध फाइनल खेल्ने छैनन् । लिग चरणमा नेपालविरुद्ध १-० को जितमा फारुखले नै विजयी गोल गर्न सुनिललाई असिस्ट दिएका थिए । उनलाई एसीएल चोट लागेका कारण लामो समय मैदानबाहिर रहने अनुमान गरिएको छ । भारतीय टोलीले माल्दिभ्सविरुद्ध जितपछि उनको जर्सीसहित फोटो खिच्दै जित समर्पण गरेका थिए ।

यता नेपालका लागि भने प्रतियोगितामा दुई पहेंलो कार्ड पाएपनि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फाइनल खेलाउन पाउनेछन् । अफिसियलको हकमा एकै खेलमा रातो कार्ड वा दुई पहेंलो कार्डले मात्र प्रतिबन्ध लाग्छ । अलमुताइरीले श्रीलंका र बंगलादेशसँग पहेंलो कार्ड पाएका थिए । तर खेलाडीमा भने कुनैपनि दुई खेलको पहेंलो कार्ड गणना हुन्छ । त्यसैले पनि नेपालका लागि पनि मुख्य फरवार्ड अन्जन विष्ट फाइनलमा उपलब्ध हुने छैनन् ।

अन्जनको प्रतिबन्धबारे विस्तृतमा यहाँ : अन्जनले फाइनल खेल्न नपाउने

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.