default_image

3 years ago

October 15, 2021

अर्जेन्टिनाले पेरुलाई हरायो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले अपराजित यात्रालाई कायमै राख्दा पेरुलाई पराजित गरेको छ । अर्जेन्टिनाले घरेलु मैदानमा पेरुलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा लोउटारो मार्टिननेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४३औं मिनेटमा नाहुइल मोलिनाको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको ६३औं […]

93 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले अपराजित यात्रालाई कायमै राख्दा पेरुलाई पराजित गरेको छ । अर्जेन्टिनाले घरेलु मैदानमा पेरुलाई १–० ले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लोउटारो मार्टिननेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४३औं मिनेटमा नाहुइल मोलिनाको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको ६३औं मिनेटमा पेरुले पेनाल्टीको अवसर पाएपनि योसिमार युटनले पेनाल्टी चुकाउँदा बराबरीबाट चुक्यो ।

यो जितपछि अर्जेन्टिना ११ खेलबाट २५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित पेरु ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
अर्काे खेलमा बोलिभियाले पाराग्वेलाई ४–० ले पराजित गरेको छ । जितपछि बोलिभिया १२ खेलबाट १२ अंक जोडेर सातौ स्थानमा रहेको छ । पराजित पाराग्वे १२ अंक जोडेर आठौं स्थानमा रहेो छ ।

अर्काे खेलमा कोलिम्वया र इक्वेडरले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि कोलम्विया १२ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा रहादा इक्वेडर १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.