default_image

3 years ago

October 15, 2021

नेयमार चम्कदा ब्राजिलको सानदार जित

एजेन्सी – सुपरस्टार फरवार्ड नेयमारले एक गोलसँगै दुई असिस्ट दिएपछि ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा उरुग्वेमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा ब्राजिलले उरुग्वेमाथि ४–१ को सानदार जित निकालेको हो । ब्राजिलको जितमा राफिन्हाले दुई तथा नेयमारले एक गोल गरे । उरुग्वेका लुइस सुआरेजले एक गोल फर्काए । खेलको ११औं […]

124 views

0 Bookmark

एजेन्सी – सुपरस्टार फरवार्ड नेयमारले एक गोलसँगै दुई असिस्ट दिएपछि ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा उरुग्वेमाथि सानदार जित निकालेको छ ।

घरेलु मैदानमा ब्राजिलले उरुग्वेमाथि ४–१ को सानदार जित निकालेको हो । ब्राजिलको जितमा राफिन्हाले दुई तथा नेयमारले एक गोल गरे । उरुग्वेका लुइस सुआरेजले एक गोल फर्काए । खेलको ११औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले फ्रेडको पासमा गोल गरेका थिए ।

१९औं मिनेटमा राफिन्हाले गोल गर्द ब्राजिलको अग्रता दोब्बर पारे । नेयमारको प्रहारलाई गोलरक्षक फर्नान्डो मुसलेराले बचाएपनि रिवाउन्डमा राफिन्हाले गोल गर्न सफल भएका थिए ।

३६औं मिनेटमा रोड्रिगो बेन्टानकरले प्रज्ञज्ञहार पोस्ट नजिकैबाट बाहिरिदा उरुग्वेले गोल अन्तर कम गर्न सकेन । ४०औं मिनेटमा नेयमारको प्रहारलाई गोलरक्षक मुस्लेराले उत्कृष्ट बचाउ गर्दै उरुग्वेको गोल अन्तर टारे । ५६औं मिनेटमा एडिन्सन काभनीले गोल गरेपनि उनी आफसाइड ठहरिदा उरुग्वेले गोल अन्तर कम गर्न सकेन ।

५९औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै ब्राजिलाई ३–० ले अघि बढाए । राफिन्हाले नेयमारको पासमा गोल गरेका थिए । ६५औं मिनेटमा एन्थोनीको पासमा गाब्रियल बर्बाेसाको प्रहारलाई मुस्लेराले बचाए ।

७७औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । उनले २५ यार्डमा प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दा ब्राजिली गोलरक्षक इडर्सन मोराएसले रोक्ने कुनै अवसर नै पाएन । ८५औं मिनेटमा वैकल्पिक फरवार्ड गाब्रियल बर्बाेसाले गोल गर्दै ब्राजिलको जित पक्का गरे । उनले नेयमारको पासमा गोल गरेका थिए ।

यो जितपछि छनोटमा अपराजित रहेको ब्राजिल ११ खेलबाट ३१ अंक जोडेर शीर्षस्थानमा यथावत रहँदै विश्वकपको छनोट नजिक पुगेको छ । पराजित उरुग्वे १२ खेलबाट १६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

अर्काे खेलमा चिलीले भेनेजुएलालाई ३–० ले पराजित गरेको छ । चिलीको जितमा इरिक पुल्गरले दुई तथा बेन ब्रेरेटनले एक गोल गरे । जितपछि चिली १२ खेलबाट १३ अंक जोडेर छैटौ स्थानमा रहेको छ । पराजित भेनेजुएला ७ अंक जोडेर पुछारमा रहेको छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.