default_image

2 years ago

October 15, 2021

पुष्पाञ्जली बेथानचोक महाभारत फुटबलको सेमिफाइनलमा

बेथानचोक, काभ्रे (हाम्रो खेलकुद) – पुष्पाञ्जली फुटबल क्लब बेथानचोक महाभारत फुटबल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बेथानचोक गाँउपालिका वडा नं ५ को कामीडाँडामा मैदानमा बिहीबार भएको क्वार्टरफाइनलमा खानीखोला युवा क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पुष्पाञ्जली अन्तिम चारमा पुगेको हो । निर्धारित ६० र थप १० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । […]

107 views

0 Bookmark

बेथानचोक, काभ्रे (हाम्रो खेलकुद) – पुष्पाञ्जली फुटबल क्लब बेथानचोक महाभारत फुटबल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बेथानचोक गाँउपालिका वडा नं ५ को कामीडाँडामा मैदानमा बिहीबार भएको क्वार्टरफाइनलमा खानीखोला युवा क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पुष्पाञ्जली अन्तिम चारमा पुगेको हो । निर्धारित ६० र थप १० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

बेथान्चोक ६ मेधान्सुका सक्रिय समाज सेवा युवा क्लबले आयोजना गरेको प्रतियोगितामा आयोजक टोली, महांकाल र भुग्देउ ‘बी’ पनि सेमिफाइनलमा पुगेका छन् ।
डिलाइट विजनेस ग्रुप प्रालिका मुख्य प्रायोजक रहेको प्रतियोगितलाई बेथानचोक गाँउपालिकाले समेत आर्थिक सहयोग गरेको छ । डिलाइट विजनेस ग्रुपका अध्यक्ष बेथानचोक ६ का स्थायी बासिन्दा सञ्जय लामा नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि हुन् ।

कात्तिक २ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख १ हजार र दोस्रो हुने टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । नकआउटका आधारमा सन्चालन भएको प्रतियोगितामा १८ टोली सहभागिता रहेको प्रतियोगिता संयोजक निमा लामाले जानकारी दिए।

बिहीबार नै नवमीका अवसरमा बेथानचोक नेपाली कांग्रेस गाँउ समितिले आयोजना गरेको चियापानको अवसरमा थप पुष्पाञ्जलीका खेलाडीलाई सफलताको शुभकामनासहित बधाई दिइएको थियो । बेथानचोकका अध्यक्ष समेत रहेका कांग्रेस गाँउसमितिका सभापति प्रेमबहादुर तिमल्सिना, वडा नं ४ का वडा अध्यक्ष लालबहादुर श्रेष्ठ, वडा नं २ का कांग्रेस सभापति एवंम सोही वडाका सदस्य नवराज केसीले खेलाडीको हौसला बढाउँदै थप सफलताको कामना गरे ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.