default_image

3 years ago

October 15, 2021

टोरेस ६ साता मैदान बाहिर

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्पेनिस युवा फरवार्ड फेरान टोरेस ६ साता मैदान बाहिर रहने भएका छन् । अन्तर्राष्ट्रिय विश्राम दौरान युइएफए नेसन्स लिगमा इटालीविरुद्धको सेमिफाइनलमा दायाँ खुट्टामा चोट बोक्न पुगेका थिए । सेमिफाइनलमा इटालीविरुद्ध २–१ को जितमा दुवै गोल टोरेसले गरेका थिए । सेमिफाइनलमा चोट बोकेपनि उनले फ्रान्सविरुद्धको फाइनलमा ८४औं मिनेटसम्म खेलेका थिए […]

84 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्पेनिस युवा फरवार्ड फेरान टोरेस ६ साता मैदान बाहिर रहने भएका छन् । अन्तर्राष्ट्रिय विश्राम दौरान युइएफए नेसन्स लिगमा इटालीविरुद्धको सेमिफाइनलमा दायाँ खुट्टामा चोट बोक्न पुगेका थिए ।

सेमिफाइनलमा इटालीविरुद्ध २–१ को जितमा दुवै गोल टोरेसले गरेका थिए । सेमिफाइनलमा चोट बोकेपनि उनले फ्रान्सविरुद्धको फाइनलमा ८४औं मिनेटसम्म खेलेका थिए । चोट बोकेसँगै टोरेसले केही महत्त्वपूर्ण खेल गुमाउने छन् । उनले क्लब ब्रुगविरुद्धको दुई खेल र म्यानचेस्टर डर्वीको खेलसमेत गुमाउनेछन् । विश्वकप छनोटमा ग्रीस र स्वीडेनविरुद्धको खेल समेत गुमाउने भएका छन् ।

नियमित फरवार्ड सर्जियो अगुएरोले क्लब छाडेसँगै टोरेसले सेन्टर फरवार्ड सम्हालेका थिए । टोरेस सन् २०२० मा स्पेनिस क्लब भ्यालेन्सियाबाट सिटी आएका थिए । डेब्यु सिजनमा १३ गोल गरेका टोरेसले यो सिजन ७ खेलमा ३ गोल गरेका छन् । टोरेस मध्य नोभेम्बरपछि मात्रै फर्कने अनुमान गरिएको छ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.