default_image

3 years ago

October 15, 2021

युवा स्टार पेड्रीको रिलिज क्लज १ विलियन युरो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका युवा स्टार पेड्रीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । बार्सिलोनाले पेड्रीले सम्झौता नवीकरण गरेको जनाएको छ । सम्झौता नवीकरणसँगै पेड्री सन् २०२६ को जुन ३० सम्म बार्सिलोनामा रहनेछन् । सम्झौता नविकरणसँगै बार्सिलोनाले पेड्रीको रिलिज क्लज १ विलियन युरो तोकेको छ । १८ वर्षीय स्पेनिस मिडफिल्डर लास पालमसबाट २०२० मा ५ […]

146 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका युवा स्टार पेड्रीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । बार्सिलोनाले पेड्रीले सम्झौता नवीकरण गरेको जनाएको छ ।

सम्झौता नवीकरणसँगै पेड्री सन् २०२६ को जुन ३० सम्म बार्सिलोनामा रहनेछन् । सम्झौता नविकरणसँगै बार्सिलोनाले पेड्रीको रिलिज क्लज १ विलियन युरो तोकेको छ ।

१८ वर्षीय स्पेनिस मिडफिल्डर लास पालमसबाट २०२० मा ५ मिलियन युरोमा बार्सिलोना आएका थिए । पछिल्लो समय पेड्री बार्सिलोनाका मुख्य खेलाडीको रुपमा रहदै आएका छन् । उनले ३९ ला लिगा खेलमा ३ गोल गरिसकेका छन् । पेड्रीले स्पेनका लागि १० खेल खेलिसकेका छन् । उनी गत सिजन सबैभन्दा धेरै मिनेट खेल खेल्ने खेलाडी बनेका थिए ।

युरो २०२० मा उनले युवा खेलाडीको अवार्ड जितेका थिए । त्यसपछि उनले टोकियो ओलम्पिकमा समेत खेलेका थिए । फाइनलमा स्पेन ब्राजिलसँग २–१ ले पराजित भएको थियो ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.