default_image

3 years ago

October 16, 2021

प्रशिक्षक स्टिमाचसँगै भारतका तीन खेलाडी फाइनलमा नहुने

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय राष्ट्रिय टोलीका प्रशिक्षक इगोर स्टिमाचले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शनिबार हुने फाइनल खेलमा सहभागी जनाउन नपाउने भएका छन् । त्यस्तै टोलीका तीन मुख्य खेलाडीले पनि फाइनल गुमाउने भएका छन् । माल्दिभ्सविरुद्ध बुधबार भएको समूह चरणको अन्तिम खेलमा स्टिमाचले रातो कार्ड पाएपछि उनले अर्को खेल गुमाउने भएका हुन् । भारतको अर्को […]

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय राष्ट्रिय टोलीका प्रशिक्षक इगोर स्टिमाचले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शनिबार हुने फाइनल खेलमा सहभागी जनाउन नपाउने भएका छन् । त्यस्तै टोलीका तीन मुख्य खेलाडीले पनि फाइनल गुमाउने भएका छन् ।

माल्दिभ्सविरुद्ध बुधबार भएको समूह चरणको अन्तिम खेलमा स्टिमाचले रातो कार्ड पाएपछि उनले अर्को खेल गुमाउने भएका हुन् । भारतको अर्को खेल शनिबार नेपालसँग प्रतियोगिताको उपाधि भिडन्त रहेको छ । स्टिमाच भारतको टचलाइनमा नहुँदा टोलीलाई पक्कै घाटा हुनेछ । उनीसँगै टोलीका मुख्य डिफेन्डर सुभासिस बोस, मिडफिल्डर ब्रान्डन फर्नान्डेस र फरवार्ड फारुख चौधरी पनि फाइनलमा हुने छैनन् ।

इगोरले माल्दिभ्सविरुद्ध खेलमा दुई पटक पहेंलो कार्डपछि रातो कार्ड खाँदै मैदान छाड्नुपरेको थियो । रेफ्री अम्मर अश्कनानीले खेलको ५४ औं मिनेटमा रेफ्रीको निर्णयलाई लिएर बारम्बार असन्तुष्टि पोखेपछि स्टिमाचलाई चेतावनी दिँदै पहेंलो कार्ड देखाएका थिए । त्यसपछि ८० औं मिनेटमा पनि उनले सोहि व्यवहार दोहोर्याएपछि रेफ्रीले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड देखाउँदै उनलाई बेन्चबाहिर पठाएका थिए ।

त्यसो त भारतका लागि डिफेन्डर सुभासिस बोसले पनि फाइनल गुमाउनेछन् । उनले पनि खेलमा दुई पहेंलो कार्डको सामना गरेका थिए । पहिलो पहेंलो कार्ड दुई हाफको बिचमा पाएका उनले इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो पहेंलो कार्ड पाएका थिए । रातो कार्ड पाएसँगै उनले शनिबार हुने फाइनल गुमाउनेछन् ।

यस्तै भारतका युवा फरवार्ड फारुख चौधरीले पनि चोटका कारण नेपालविरुद्ध फाइनल खेल्ने छैनन् । लिग चरणमा नेपालविरुद्ध १-० को जितमा फारुखले नै विजयी गोल गर्न सुनिललाई असिस्ट दिएका थिए । उनलाई एसीएल चोट लागेका कारण लामो समय मैदानबाहिर रहने अनुमान गरिएको छ । भारतीय टोलीले माल्दिभ्सविरुद्ध जितपछि उनको जर्सीसहित फोटो खिच्दै जित समर्पण गरेका थिए ।

नेपालका कप्तान किरण चेम्जोङले पनि फाइनलअघि भएको पत्रकार सम्मेलनमा फारुखलाई नेपाली टोलीको तर्फबाट चाडैं ठिक हुन शुभकामना दिए । ‘पछिल्लो खेलमा भारतका फरवार्ड फारुख चौधरीले चोट बोकेका थिए । हामी टोलीको तर्फबाट उनी छिट्टै ठिक हुन् भन्ने कामना गर्दछौं,’ कप्तान किरणले भने । भारतका मिडिया अफिसर निलान्जन दत्तले पनि टोलीको तर्फबाट धन्यवाद व्यक्त गर्दै फारुखसम्म संदेश पुर्याउने प्रतिवद्धता जनाए ।

यस्तै भारतका लागि मिडफिल्डर ब्रान्डन फर्नान्डेस पनि फाइनलमा हुने छैनन् । उनले माल्दिभ्सविरुद्ध खेलमा मांशपेसीको सामान्य चोट बोकेका हुन् । नेपालविरुद्ध खेलमा उनकै मुभमा गोल सम्भव भएको थियो । सेन्टर मिडफिल्डमा खेल्ने उनको अनुपस्थितिमा अनिरुद्ध थापाले खेल्ने सम्भावना छ ।

यता नेपालका लागि भने अन्जन विष्ट र प्रशिक्षक अब्दुल्लाह अलमुताइरी फाइनलमा हुने छैनन् । प्रतियोगिताको फरक दुई खेलमा दुई पहेंलो कार्ड पाएपनि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फाइनल खेलाउन नपाउने भएका छन् । अफिसियलको हकमा एकै खेलमा रातो कार्ड वा दुई पहेंलो कार्डले मात्र प्रतिबन्ध लाग्ने भएपनि साफले नियम मिच्दै प्रतिबन्ध लगाएको हो । अलमुताइरीले श्रीलंका र बंगलादेशसँग पहेंलो कार्ड पाएका थिए । नियमअनुसार खेलाडीमा मात्र कुनैपनि दुई खेलको पहेंलो कार्ड गणना हुन्छ । त्यसैले नेपालका लागि पनि मुख्य फरवार्ड अन्जन विष्ट फाइनलमा उपलब्ध हुने छैनन् ।

अलमुताइरीको प्रतिबन्धबारे विस्तृतमा यहाँ : अलमुताइरीलाई फाइनलमा प्रतिबन्ध, साफले आफ्नै नियम मिच्यो

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.