default_image

3 years ago

October 16, 2021

नेपाल फाइनलमा भारतसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । पहिलो पटक फाइनल पुगेको नेपाल भने फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भयो । फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा […]

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

पहिलो पटक फाइनल पुगेको नेपाल भने फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भयो । फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले सुरुवातमै २ गोल गर्दै खेलमा पकड जमाएको थियो । दुई गोलले पछि परेपछि आक्रामक रणनीति अपनाएको नेपालले खेलमा जित हासिल गर्न भने सकेन । अन्त्यमा गोल थप्दै भारतले आठौं उपाधि पक्का गर्यो ।

खेलको चौथो मिनेटमा नै कप्तान किरण चेम्जोङले दोहोरो बचाउ गर्दै खेल गोलरहित राखे । यासिर मोहमदको पेनाल्टी क्षेत्र बाहिरको प्रहारलाई पहिलो पटकमा विफल पारेका किरणले रिबाउन्डमा अनिरुद्ध थापाको वन भर्सेस वनको प्रहारलाई उत्कृष्ट ढंगले बचाए । त्यसपछि लगत्तै अर्कोतर्फ नेपालको काउन्टरमा नवयुग श्रेष्ठको अन्तिम प्रहार आकासियो ।

१४ औं मिनेटमा भारतको लगातार आक्रमणलाई नेपाली डिफेन्सले गोल हुन दिएन । लगातारको तीन प्रहार डिफेन्सले छेकेपछि अन्तिम प्रहार भने गोलरक्षक किरणको हातमा टुंगिएको थियो । १७ औं मिनेटमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर चिप्लेपछि सुवर्ण अवसर पाएपनि दुर्भाग्यवश उनी पनि चिप्लिन पुग्दा अन्तिम प्रहार गर्न सकेनन् ।

२७ औं मिनेटमा सुनिल क्षेत्रीले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहारलाई किरणले बचाए । ४३ औं मिनेटमा लालेङमावियाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । ४४ औं मिनेटमा यासिरको क्रसमा सुनिलको भली प्रहार पोस्टभन्दा माथिबाट जाँदा खेल बराबरीमा रहेको थियो ।

दोस्रो हाफको सुरुवाती समयमा नै भारतले लगातार २ गोल गर्दै खेलमा पकड जमाएको थियो । खेलको ४८ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गरेका थिए । लगत्तै सुरेश सिंह वाङजामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । उनले यासिर मोहमदको कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए ।

६६ औं मिनेटमा सुनिलले नेपालको डिफेन्स चिर्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई किरणले उत्कृष्ट बचाउ गरे । ७३ औं मिनेटमा किरणले अनिरुद्धको फ्रिकिकलाई बचाउँदै भारतलाई अग्रता बढाउने अवसर दिएनन् । ७७ औं मिनेटमा मनिष डाँगीको लामो पासमा रोहितको फ्लिक हेडर क्रसबारमा लाग्दा नेपाल खेलमा फर्कने अवसरबाट बन्चित भयो ।

८० औं मिनेटमा रोहितले आफ्नो पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ट्याकल गर्दै उदान्त सिंहको अन्तिम प्रहारलाई विफल बनाएका थिए । ८४ औं मिनेटमा मनिषको लामो दुरीको प्रहारले पोस्टको दिशा लिन सकेन । खेलको ९० औं मिनेटमा नेपाल आक्रामक भएको फाइदा उठाउँदै सहाल अब्दुलले सहजै गोल गर्दै भारतको सहज जित गरेका थिए ।

आजको खेलमा गोलरक्षकमा कप्तान किरण चेम्जोङ, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेलेका थिए । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिँदा आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका थिए ।

५६ औं मिनेटमा नेपालले तीन खेलाडी परिवर्तन गरेको थियो । विशाल राई, मनिष डाँगी र आयुष घलान मैदान प्रवेश गर्दा सुमन अर्याल, सुजल श्रेष्ठ र गौतम श्रेष्ठले मैदान छाडेका थिए । नेपालले त्यसपछि अनन्त, दीनेश र रोहितलाई डिफेन्समा खेलाउँदै आक्रामक रणनीति लिएको थियो । ६५ औं मिनेटमा सुमन लामाको स्थानमा सुनिल बल मैदान प्रवेश गरेका थिए । ८१ औं मिनेटमा पुजन उपरकोटीको स्थानमा सन्तोष तामाङ मैदान छिरेका थिए ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.