default_image

2 years ago

October 17, 2021

लेस्टरसँग हार्यो म्यानचेस्टर युनाइटेड

एजेन्सी– जेमी भार्डी र पाट्सन डाकाले खेलको अन्त्यतिर गोल गरेपछि प्रिमियर लिगमा शनिबार लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ४–२ को सानदार जित निकालेको छ । यो हारसँगै युनाइटेडको अवेमा २९ खेलको अपराजित याात्राको अन्त्य भएको छ । खेलमा अग्रता लिएर पनि जोगान नसक्दा युनाइटेड स्तब्ध बन्यो । मासन ग्रिनउडले १९ औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट गोल […]

126 views

0 Bookmark

एजेन्सी– जेमी भार्डी र पाट्सन डाकाले खेलको अन्त्यतिर गोल गरेपछि प्रिमियर लिगमा शनिबार लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ४–२ को सानदार जित निकालेको छ । यो हारसँगै युनाइटेडको अवेमा २९ खेलको अपराजित याात्राको अन्त्य भएको छ ।

खेलमा अग्रता लिएर पनि जोगान नसक्दा युनाइटेड स्तब्ध बन्यो । मासन ग्रिनउडले १९ औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको १२ मिनेटपछि योरी टेलिमन्सले बराबरी गोल फर्काएका थिए । युनाइटेडका खेलाडीको कमजोरीको फाइदा उठाउँदै उनले गोल गरेका थिए ।

घरेलु टोलीका लागि ७८ औं मिनेटमा काग्लार सोन्चुले नजिकबाट गोल गर्दा युनाइटेड २–१ ले पछि पर्यो । त्यसको चार मिनेटपछि मार्कोस रासफोर्डले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । भिक्टर लिन्डोफोडको लामो पासमा रासफोर्डले सिजनको पहिलो गोल गरेका हुन् ।

त्यसको एक मिनेटपछि नै भार्डीले हाफ भलीमा सिजनको गोल गरे भने इन्जुरी समयमा डाकाले गोल गरेपछि लेस्टरले सानदार जित दर्ता गर्यो । डाका प्रिमियर लिगमा गोल गर्ने पहिलो जाम्बियन खेलाडी बनेका छन् । ११ अंक पुगेको लेस्टर ११ औं स्थानमा उक्लेको छ । १४ अंकका साथ युनाइटेड अंकतालिकाको पाँचौं स्थानमा छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.