default_image

3 years ago

October 17, 2021

चेल्सीको जितमा गोलरक्षक मेन्डी नायक

एजेन्सी– बेन चिलवेलको गोल र गोलरक्षक इडवार्ड मेन्डीको उच्च प्रदर्शनबाट प्रेरित चेल्सीले प्रिमियर लिगमा आइतबार ब्रेन्टफर्डलाई १–० ले हराएको छ । जितसँगै चेल्सी पुन अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । ब्रायन एमबुएमोले २२ औं मिनेटमा गरेको प्रहार मेन्डीले विफल पार्दै घरेलु टोलीलाई अग्रता लिन दिएनन् । त्यो ब्रेन्टफोर्डका लागि त्यो अग्रता लिने पहिलो हाफको सबैभन्दा […]

75 views

0 Bookmark

एजेन्सी– बेन चिलवेलको गोल र गोलरक्षक इडवार्ड मेन्डीको उच्च प्रदर्शनबाट प्रेरित चेल्सीले प्रिमियर लिगमा आइतबार ब्रेन्टफर्डलाई १–० ले हराएको छ । जितसँगै चेल्सी पुन अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ ।

ब्रायन एमबुएमोले २२ औं मिनेटमा गरेको प्रहार मेन्डीले विफल पार्दै घरेलु टोलीलाई अग्रता लिन दिएनन् । त्यो ब्रेन्टफोर्डका लागि त्यो अग्रता लिने पहिलो हाफको सबैभन्दा राम्रो अवसर थियो । ब्रेन्टफोर्ड चुकेपछि चेल्सीले पहिलो हाफमै अग्रता लिन सफल भयो ।

चिलवेलले ४५ औं मिनेटमा सिजनको दोस्रो गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । थोमस फ्रान्कको टोलीले दोस्रो हाफमा पनि गोलका लागि केहि अवसर सिर्जना गरेको थियो । इभान टोनीको प्रहारलाई मेन्डीले रोके भने एमबेमोसको प्रहार दोस्रो पटक बारमा लागेको थियो ।

परिवर्तित समन गोडोसको आक्रमणलाई पनि मेन्डीले रोकेका थिए । त्यस्तै पोनटस जास्नको प्रयासलाई पनि मेन्डीले सफल हुन दिएनन् । मेन्डीले खेल भरमा ६ वटा बचाउ गरेका थिए । १९ अंकका साथ चेल्सी शीर्षस्थानमा उक्लदा १८ अंक रहेको लिभरपुल दोस्रो स्थानमा झरेको छ । ब्रेन्टफोर्ड १२ अंकसहित सातौं स्थानमा छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.