default_image

3 years ago

October 17, 2021

राष्ट्रिय फुटबल टोली भोली स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिपमा दोस्रो भएको राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश आइपुग्ने भएको छ । साफ च्याम्पियनसिपको २८ वर्षको इतिहासमा नेपाली टोलीले पहिलो पटक शनिबार फाइनल खेलेको थियो । फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । १३ औं संस्करणमा आइपुग्दा भारत आठौं पटक च्याम्पियन बनेको हो । राष्ट्रिय टोलीले […]

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिपमा दोस्रो भएको राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश आइपुग्ने भएको छ । साफ च्याम्पियनसिपको २८ वर्षको इतिहासमा नेपाली टोलीले पहिलो पटक शनिबार फाइनल खेलेको थियो । फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । १३ औं संस्करणमा आइपुग्दा भारत आठौं पटक च्याम्पियन बनेको हो ।

राष्ट्रिय टोलीले आइतबार माल्दिभ्स छाड्नेछ । हवाईमार्गबाट कतारको दोहा हुँदै टोली सोमबार विहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले समर्थकहरुलाई टोलीलाई निरन्तर साथ दिन आग्रह गर्दै स्वागतमा विमानस्थल आउन आग्रह गरेका छन् ।

‘यो मेरो सबै नेपाली समर्थकका लागि विशेष आग्रह हो, जब राष्ट्रिय टोली नेपाल फर्कन्छ । सबै जना विमानस्थल आएर सम्मान गर्नुपर्छ, फाइनल पछि उनले भनेका थिए, यदि यसै स्तरमा निरन्तर खेलिरहने हो भने खेलाडीलाई साथ र समर्थन गर्नुपर्छ । प्रशिक्षक, संघ र सरकारबारे सोच्ने होइन, टोलीलाई साथ दिनेबारे सोच्नुहोस् । ’

महिना दिन भन्दा लामो समयपछि फुटबल टोली स्वदेश फर्कदैछ । साफको तयारीको सिलसिलामा नेपाली टोली भदौ २५ गते कतार गएको थियो । कतारबाट साफ च्याम्पियनसिपका लागि टोली असोज ११ गते माल्दिभ्स पुगेको थियो । कतार जानुअघि नेपाली टोलीले चैत १७ र २० गते दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल १–१ को बराबरी र दोस्रोमा भारत २–१ ले विजयी भएको थियो । माल्दिभ्स जानुअघि टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।

साफ च्याम्पियनसिपमा यसपटक नेपालले दमदार सुरुवातका साथ यात्रा अघि बढाएको थियो । पहिलो पटक सुरुवाती दुई खेल जित्ने क्रममा नेपालले माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ ले हराएको थियो । तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपाली टोलीले राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो । कमजोर सुरुवात गर्ने क्रममा पहिलो दुई खेलमा बराबरी गरेको भारतले त्यसपछिका दुवै खेल जितेर ८ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो । नेपाल ७ अंकका साथ दोस्रो हुँदै अन्तिम दुईमा पुगेको थियो ।

यो पनि : फाइनलपछि अलमुताइरीले भने – ‘नेपाल मेरो मुटुमा छ’

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.