default_image

2 years ago

October 17, 2021

न्युकासलको मैदानमा टोटेनहमको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटेनहम हट्सपरले न्युकासल युनाइटेडको मैदानमा जित हासिल गरेको छ । खेलको सुरुवातमै पछि परेपनि टोटेनहमले सेन्ट जेम्सेस पार्कमा ३-२ को जित आत्मसात गर्यो । खेलको दोस्रो मिनेटमा नै घरेलु टोली न्युकासलले अग्रता लिएको थियो । जाभिएर मान्किलोको क्रसमा क्यालम विल्सनले हेडरमार्फत गोल गर्दै गर्त दिलाएका थिए […]

50 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटेनहम हट्सपरले न्युकासल युनाइटेडको मैदानमा जित हासिल गरेको छ । खेलको सुरुवातमै पछि परेपनि टोटेनहमले सेन्ट जेम्सेस पार्कमा ३-२ को जित आत्मसात गर्यो ।

खेलको दोस्रो मिनेटमा नै घरेलु टोली न्युकासलले अग्रता लिएको थियो । जाभिएर मान्किलोको क्रसमा क्यालम विल्सनले हेडरमार्फत गोल गर्दै गर्त दिलाएका थिए । तर उक्त अग्रता लामो समय टिकेन । १७ औं मिनेटमा टांगी एन्डोम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले सर्जियो रेगुइलोनको पास लिँदै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोल भएको थियो ।

२२ औं मिनेटमा ह्यारी केनले टोटेनहमलाई अग्रता दिलाए । पिएर एमिल होएबिएरको लामो पासलाई केनले उत्कृष्ट नियन्त्रणमा चिप गरेका थिए । सुरुवातमा असिस्टेन्ट रेफ्रीले उक्त गोललाई अफसाइड दिएपनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयताले गोलले मान्यता पाएको थियो ।

खेल ३८ औं मिनेटमा चलिरहँदा दर्शक दिर्घामा न्युकासलका एक समर्थकलाई स्वास्थ्य समस्या भएपछि खेल रोकिन पुगेको थियो । टोटेनहमका डिफेन्डर रेगुइलोनले रेफ्रीलाई खेल रोक्न भन्दै समस्यातर्फ ध्यान आकर्षित गरेका थिए । लगत्तै डिफेन्डर एरिक डाएरले दुवै टोलीका स्वास्थ्य टोलीलाई समस्याबारे जानकारी दिएका थिए । समर्थकको होस् खुलेर अस्पताल लागेपछि खेल झन्डै २० मिनेटपछि सुरु भएको थियो ।

पहिलो हाफमा ७ मिनेट इन्ज्युरी समय थप गर्दै सुचारु भएको खेलको चौथो मिनेटमा टोटेनहमले अग्रता दोब्बर पार्यो । ह्युङ मिन सनले केनको क्रसमा गोल गर्दै ३-१ को अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा न्युकासलका मिडफिल्डर जोन्जो सेल्भी खेलको व्यक्तिगत दोस्रो पहेंलो कार्ड पाएसँगै मैदान छाड्न बाध्य भएका थिए ।

खेलको ८९ औं मिनेटमा न्युकासल गोल फर्काउन सफल भयो । जेकब मर्फीको फ्रिकिक टोटेनहमका डिफेन्डर एरिक डाएरलाई लाग्दै आत्मघाती गोलमा परिणत भएको थियो ।

यस जितसँगै टोटेनहम अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । टोलीको ८ खेलमा १५ अंक छ । न्युकासल भने ८ खेलमा ३ अंकसहित पुछारमा छ । यस सिजन न्युकासलले कुनै खेलमा जित हासिल गर्न सकेको छैन ।

न्युकासलले नयाँ मालिक आएपछि घरेलु मैदानमा पहिलो खेल खेलेको हो । साउदी सार्वजनिक कोष र अमान्दा स्टेभेलीले क्लबको स्वामित्व खरिद गरेका हुन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.