default_image

3 years ago

October 18, 2021

अलमुताइरी र रोहित विना फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिपमा दोस्रो भएको राष्ट्रिय फुटबल टोली मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडी रोहित चन्द विना सोमबार विहान स्वदेश आइपुगेको छ । टोली ३७ औं दिनमा स्वदेश फर्केको हो । साफ च्याम्पियनसिपको झण्डै ३ दशक लामो इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको थियो । माल्दिभ्समा भएको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले […]

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिपमा दोस्रो भएको राष्ट्रिय फुटबल टोली मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडी रोहित चन्द विना सोमबार विहान स्वदेश आइपुगेको छ । टोली ३७ औं दिनमा स्वदेश फर्केको हो ।

साफ च्याम्पियनसिपको झण्डै ३ दशक लामो इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको थियो । माल्दिभ्समा भएको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । १३ औं संस्करणमा आइपुग्दा भारत आठौं पटक च्याम्पियन बनेको हो । छ महिना भन्दा लामो समयदेखि राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त रहेका कारण आफूले केहि दिनको विश्राम चाहेको अलमुताइरीले बताएका थिए ।

उनले केहि दिनपछि मात्र नेपाली टोलीको प्रशिक्षकमा कायम रहने नरहने विषयमा निर्णय लिने बताएका थिए । यद्दपी राउन्ड रोविनको अन्तिम खेलबाट फाइनल पुगेपछि उनले नेपाल नकर्फने बताएका थिए । फाइनलपछि भने उनले केहि समयपछि निर्णय लिने भन्दै फर्कने सम्भावनालाई कायम राखेका थिए ।

इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट व्यवसायिक फुटबल खेल्दै आएका रोहित क्लबको जिम्मेवारीका लागि त्यसतर्फ गएका छन् । च्याम्पियनसिपमा भाग लिनका लागि पनि उनी इन्डोनेसियाबाट सिधै माल्दिभ्स पुगेका थिए । कतारमा टोलीको अन्तिम तयारीमा रोहित थिएनन् । उनी त्यति बेला क्लबको खेलमा व्यस्त थिए ।

कतारमा रोकिएका अलमुताइरीले फाइनलपछि समर्थकहरुलाई टोलीलाई निरन्तर साथ दिन आग्रह गर्दै स्वागतमा विमानस्थल आउन आग्रह गरेका थिए । ‘यो मेरो सबै नेपाली समर्थकका लागि विशेष आग्रह हो, जब राष्ट्रिय टोली नेपाल फर्कन्छ । सबै जना विमानस्थल आएर सम्मान गर्नुपर्छ, फाइनल पछि उनले भनेका थिए, यदि यसै स्तरमा निरन्तर खेलिरहने हो भने खेलाडीलाई साथ र समर्थन गर्नुपर्छ । प्रशिक्षक, संघ र सरकारबारे सोच्ने होइन, टोलीलाई साथ दिनेबारे सोच्नुहोस् । ’

महिना दिन भन्दा लामो समयपछि फुटबल टोली स्वदेश फर्केको हो । साफको तयारीको सिलसिलामा नेपाली टोली भदौ २५ गते कतार गएको थियो । कतारबाट साफ च्याम्पियनसिपका लागि टोली असोज ११ गते माल्दिभ्स पुगेको थियो । कतार जानुअघि नेपाली टोलीले चैत १७ र २० गते दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल १–१ को बराबरी र दोस्रोमा भारत २–१ ले विजयी भएको थियो । माल्दिभ्स जानुअघि टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।

साफ च्याम्पियनसिपमा यसपटक नेपालले दमदार सुरुवातका साथ यात्रा अघि बढाएको थियो । पहिलो पटक सुरुवाती दुई खेल जित्ने क्रममा नेपालले माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ ले हराएको थियो । तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपाली टोलीले राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो । कमजोर सुरुवात गर्ने क्रममा पहिलो दुई खेलमा बराबरी गरेको भारतले त्यसपछिका दुवै खेल जितेर ८ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो । नेपाल ७ अंकका साथ दोस्रो हुँदै अन्तिम दुईमा पुगेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.