default_image

3 years ago

October 19, 2021

नेयमारविना पीएसजीले लाइप्जिगसँग खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगत आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब आरबी लाइप्जिगसँग प्रतिस्पर्धा गर्दैछ । खेल पीएसजीको घरेलु मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा लाइप्जिगविरुद्ध उत्रदा पीएसजीसँग आफ्नो स्टार फरवार्ड नेयमार टोलीमा हुनेछैनन् । चोटका कारण नेयमारले जर्मन क्लबविरुद्धको खेल गुमाउने भएका हुन् । नेयमारले […]

91 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगत आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब आरबी लाइप्जिगसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल पीएसजीको घरेलु मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा लाइप्जिगविरुद्ध उत्रदा पीएसजीसँग आफ्नो स्टार फरवार्ड नेयमार टोलीमा हुनेछैनन् । चोटका कारण नेयमारले जर्मन क्लबविरुद्धको खेल गुमाउने भएका हुन् । नेयमारले विश्वकप छनोट दौरान चोट बोक्न पुगेका थिए । नेयमारले सोमबार घरेलु मैदानमा हुने खेल गुमाउने पुष्टि गरेको छ ।

नेयमार टोलीमा नरहेपनि टोलीसँग युवा स्टार केलियन एमबाप्पे, लियोनेल मेस्सी, जुलियन ड्राक्सलर, एन्जल डि मारिया, मार्काे भेराट्टी, एन्डर हेरेरा, मोउरो इकार्डी, इड्रिसा गाना गुआई, अचरफ हाकिमी, मार्किन्हस, प्रेसनेल किमपेम्वे, नुनो मेन्डेस र गोलरक्षक जियानलुइजी डोन्नरुम्मा रहेका छन् । जर्जिनो वाइनाल्डम, जुआन बर्नाट, डानिलो पेरेइरा, राफिन्हा, एब्डोउ डियालो, थिलो केरहर र कोलिन डग्वा पनि टोलीमा रहेका छन् ।

च्याम्पियन्स लिगमा जित निकाल्न नसकेको लाइप्जिग घरेलु टोलीलाई स्तब्ध पार्दै अंक जोड्ने लक्ष्यमा हुनेछ । टोलीसँग युसुफ पउलसेन, इमिल फोर्सवर्ग, क्रिस्टोफोर एनकुुकु, एन्जेलिनो, केभिन काम्पल, नोरडी मुकिइल र गोलरक्षक पिटर गुलासी रहेका छन् ।

यि दुई टोली तेस्रोपटक भिड्न लागेका हुन् । यि दुई टोलीले गत वर्ष पनि समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । जुमा दुवै टोलीले समान एक जित निकालेका थिए ।

शीर्षस्थानमा रहेको पीएसजीको दुई खेलबाट ४ अंक छ । समान ४ अंक नै रहेपनि क्लब ब्रुग दोस्रो स्थानमा रहेको छ । ३ अंक जोडेको म्यानचेस्टर सिटी तेस्रो तथा अंकविहीन आरबी लाइप्जिग पुछारमा छ ।

यही समूह ‘ए’ को अर्काे खेलमा क्लब ब्रुग र म्यानचेस्टर सिटीबीच राति १०ः३० बजे प्रतिस्पर्धा हुदैछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.