default_image

3 years ago

October 20, 2021

एट्लेटिकोमाथि लिभरपुलको रोमाञ्चक जित

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन नायकबाट खलनायक बन्दा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक जित निकालेको छ । लिभरपुलले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । लिभरपुलको रोमाञ्चक जितमा मोहम्मद सलाहले दुई तथा नावी केइटाले गोल गरे । एट्लेटिकोका लागि दुवै गोल ग्रिजमनले गरेका थिए । वान्डा […]

40 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन नायकबाट खलनायक बन्दा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक जित निकालेको छ ।

लिभरपुलले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । लिभरपुलको रोमाञ्चक जितमा मोहम्मद सलाहले दुई तथा नावी केइटाले गोल गरे । एट्लेटिकोका लागि दुवै गोल ग्रिजमनले गरेका थिए ।

वान्डा मेट्रोपोलिटानोमा मंगलबार राति भएको खेलको आठौं मिनेटमा मोहम्द सलाहको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । १३औं मिनेटमा नावी केइटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

त्यसपछि २०औं मिनेटमा एन्टोइन ग्रिजमनले कोकीको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ३४औं मिनेटमा ग्रिजमनले जोआओ फेलिक्सको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउँदै एट्लेटिकोलाई खेलमा फर्काए ।

बराबरी गोल गरेका ग्रिजमन दोस्रो हाफमा खलनायक बनेपछि घरेलु टोली समस्यामा परेको थियो । ५२औं मिनेटमा बल खोस्ने क्रममा रोबर्टाे फिर्मिनोलाई खुट्टाले टाउकोमा प्रहार गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएको थियो । ७८औं मिनेटमा मोहम्मद सलाहले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै लिभरपुललाई ३–२ को रोमाञ्चक जित दिलाए ।

जितपछि अपराजित रहेको लिभरपुल ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समूहमा पहिलो हार बेहोरेको एट्लेटिको ४ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ ।

यही समूह ‘बी’ को अर्काे खेलमा पोर्चुगिज क्लब एफसी पोर्टाेले इटालियन क्लब एसी मिलानलाई १–० ले पराजित गरेको छ । पोर्टाेको जितमा दोस्रो हाफमा लुइस डियासले गरेको गोल नै निर्णायक बन्यो । जितपछि पोर्टाे ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लगातार तेस्रो हार बेहोरेको मिलान अंकविहीन हुदै पुछारमा छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.