default_image

2 years ago

October 20, 2021

बार्सिलोनालाई डेनामो किएभको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा युक्रेनी क्लब डेनामो किएभको आतिथ्यता गर्दैछ । खेल क्याम्प नोउमा नेपाली समयअनुसार राति १०ः३० बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना डेनामो किएभलाई हराउँदै समूह चरणमा पहिलो जितको खोजीमा हुनेछ । बार्सिलोनाले पहिलो खेलमा बायर्न म्युनिख र बेन्फिकासँग समान ३–० को हार बेहोरेको थियो […]

85 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा युक्रेनी क्लब डेनामो किएभको आतिथ्यता गर्दैछ ।

खेल क्याम्प नोउमा नेपाली समयअनुसार राति १०ः३० बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना डेनामो किएभलाई हराउँदै समूह चरणमा पहिलो जितको खोजीमा हुनेछ । बार्सिलोनाले पहिलो खेलमा बायर्न म्युनिख र बेन्फिकासँग समान ३–० को हार बेहोरेको थियो ।

च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने सम्भावना जीवितै राख्न बार्सिलोनालाई जितको खाँचो छ । हार या बराबरीले बार्सिलोनाको च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने सम्भावना झिनो बन्नेछ ।

टोलीसँग अन्सु फाती, मेम्फिस डिपाए, फिलिपे कौटिन्हो, फ्रान्की डि योङ, सर्जियो बुस्क्वेट्स, पाब्लो गाभी, जोर्डी अल्बा, क्लेमेन्ट लेङ्लेट, जेराड पिके, सर्जी रोबर्टाे र गोलरक्षक मार्क आन्दर टेर स्टेगन रहेका छन् । यस्तै सर्जिनो डेस्ट, सर्जियो अगुएरो, ओस्कर मिगुइजा र निको गोन्जालेस रहेका छन् ।

यता, डेनामो किएभ पनि बार्सिलोनालाई स्तब्ध पार्दै समूहमा पहिलो जितको खोजीमा हुनेछ । डेनामो किएभले बेन्फिकासँग गोलरहित बराबरी खेल्दा बायर्नसँग ५–० को हार बेहोरेको थियो ।

टोलीसँग भिटिन्हो, कार्लाेस डि पेना, भिटाली बुयालस्काई, माइकोला सापारेन्को, सेरही साइडोरचुक, भिटाली माइकोलेन्को र गोलरक्षक जिओर्ज बुस्चान रहेका छन् ।

यि दुई टोली हालसम्म दुईपटक आमाने–सामाने हुदा दुवै खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोना सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा डेनामो किएभ बार्सिलोनालाई हराउने योजनामा मैदान उत्रनेछ ।

यही समूह ‘ई’ को अर्काे खेलमा पोर्चुगिज क्लब बेन्फिकाले घरेलु मैदानमा जर्मन क्लब बायर्न म्युनिखसँग खेल्दैछ । खेल राति १२ः४५ बजे हुनेछ । बायर्न बेन्फिकालाई हराउँदै आफ्नो शीर्षतालाई यथावत राख्ने योजनामा रहँदा बेन्फिका बायर्नलाई स्तब्ध पार्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ ।

यो समूहमा बायर्नको ६ तथा बेन्फिकाको ४ अंक छ । डेनामो किएभको १ तथा बार्सिलोना अंकविहीन छ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.