default_image

2 years ago

October 21, 2021

रोनाल्डोको गोलमा युनाइटेडको सानदार पुनरागमन

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा एटलान्टालाई पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा पहिलो हाफमा नै २-० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै ३-२ को जित दर्ता गर्यो । खेलको १५ औं मिनेटमा नै मारियो पासलीचले पाहुना टोलीलाई […]

56 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा एटलान्टालाई पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा पहिलो हाफमा नै २-० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै ३-२ को जित दर्ता गर्यो । खेलको १५ औं मिनेटमा नै मारियो पासलीचले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । उनले डेविड जापाकोस्टाको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । २९ औं मिनेटमा मेरिह डेमिरालले गोल गर्दै अग्रता दोब्बर पारे । उनले तेउन कोपमिनार्सको कर्नरमा हेडरमार्फत गोल गर्दा युनाइटेड २-० ले पछि परेको थियो ।

दोस्रो हाफको ५३ औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने संकेत देखाए । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए । ७५ औं मिनेटमा ह्यारी मगाएरले बराबरी गोल फर्काए । ब्रुनोकै पासमा उनले एटलान्टाको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरेका थिए ।

८१ औं मिनेटमा रोनाल्डोले हेडरमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनले लुक शाको क्रसलाई ६ यार्ड बक्सनजिकबाट गोल गरेका थिए । त्यसपछि थप गोल हुन नसक्दा युनाइटेडले महत्त्वपूर्ण जित दर्ता गर्यो ।

समूहकै अर्को खेलमा भिल्लारियलले योंग ब्वाइजको मैदानमा ४-१ को जित दर्ता गर्यो । टोलीको जितमा येरेमी पिनो, जेरार्ड मोरेनो, अल्बर्टो मोरेनो र स्याम चुकेवेजेले १-१ गोल गरे । घरेलु टोलीको लागि एलियाले स्कोर २-१ बनाएका थिए ।

समूहको अंक तालिकामा युनाइटेड शीर्षस्थानमा उक्लिएको छ । टोलीको ३ खेलमा ६ अंक छ । एटलान्टा र भिल्लारियलको ४-४ अंक छ । पुछारको योंग ब्वाइजको ३ अंक मात्र छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.