default_image

2 years ago

October 21, 2021

साने चम्कदा बायर्नको सानदार जित

एजेन्सी – दोस्रो हाफमा १४ मिनेटको अन्तरमा चार गोल सम्भव भएपछि जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा घरेलु टोली बेन्फिकामाथि सानदार जित दर्ता गरेको छ । बायर्नले पोर्चुगिज क्लब बेन्फिकामाथि ४–० को सानदार जित निकालेको हो । बायर्नको फराकिलो जितमा लिरोए सानेले दुई गोलसँगै एक असिस्ट दिए । रोबर्ट लेवान्डोस्कीले एक गोल गर्दा एक […]

28 views

0 Bookmark

एजेन्सी – दोस्रो हाफमा १४ मिनेटको अन्तरमा चार गोल सम्भव भएपछि जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा घरेलु टोली बेन्फिकामाथि सानदार जित दर्ता गरेको छ ।

बायर्नले पोर्चुगिज क्लब बेन्फिकामाथि ४–० को सानदार जित निकालेको हो । बायर्नको फराकिलो जितमा लिरोए सानेले दुई गोलसँगै एक असिस्ट दिए । रोबर्ट लेवान्डोस्कीले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

लिस्बोआमा बुधबार राति भएको खेलमा बायर्नले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ४३औं मिनेटमा रोबर्ट लेवोन्डोस्कीले गोल गरेनि भिएआरमा उनको गोलले मान्यता पाएन । गोलको मुभमा बल नियन्त्रणमा लिने क्रममा हातले बल छुन पुगेको थियो ।

५२औं मिनेटमा थोमस मुलरले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा उनको गोलले मान्यता पाएन । ७०औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ८०औं मिनेटमा एभर्टनले आत्मघाती गोल गरेपछि बायर्नले खेलमा अग्रता दोब्बर बनायो ।

८२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई सहज जिततर्फ अघि बढाए । त्यसको दुई मिनेटपछि लिरोए सानेले जोसिप स्टानिसिसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बायर्नलाई ४–० को सानदार जित दिलाए ।

यो जितपछि समूह ‘ई’ मा अपराजित रहेको बायर्नको ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित बेन्फिका ४ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । बार्सिलोना ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा डेनामो किएभ १ अंक जोडेर पुछारमा रहेको छ ।

यही समूहको अर्काे खेलमा जेरार्ड पिकेको एक गोल सहयोगमा डेनामो किएभमाथि १–० को झिनो जित निकालेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.