default_image

2 years ago

October 21, 2021

युभेन्ट्सले जेनिथलाई हरायो

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्ट्सले समूह चरणमा लगातार तेस्रो जित निकाल्दा रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई पराजित गरेको छ । युभेन्ट्सले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो । युभेन्ट्सले घरेलु टोली जेनिथमाथि बल पोसेसनमा दवाव बढाएपनि गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपरेको थियो । निर्धारित समयको खेल सकिन चार मिनेट […]

64 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्ट्सले समूह चरणमा लगातार तेस्रो जित निकाल्दा रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई पराजित गरेको छ ।

युभेन्ट्सले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो । युभेन्ट्सले घरेलु टोली जेनिथमाथि बल पोसेसनमा दवाव बढाएपनि गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपरेको थियो । निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा डिजान कुलुसेभ्स्कीले गोल गर्दै युभेन्ट्सलाई ३ अंक दिलाए ।

यो जितपछि समूह चरणमा शतप्रतिशत तेस्रो जित निकालेको युभेन्ट्स ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको चेल्सीको ६ अंक छ । पराजित जेनिथ ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । माल्मो अंकविहीन हुदै पुछारमा छ ।

समूह ‘जी’ को खेलमा अष्ट्रियन क्लब साल्जवर्गले जर्मन क्लब वल्फवर्गलाई ३–१ ले पराजित गरेको छ । साल्जवर्गको जितमा नोआ ओकाफोरले दुई तथा करिम यडियमीले एक गोल गरे । वल्फवर्गका लुकास मेचाले एक गोल फर्काए ।

अर्काे खेलमा फ्रान्सेली क्लब लिल र स्पेनिस क्लब सेभियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि साल्जवर्ग ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । सेभिया ३ अंक जोडेर दोस्रो तथा लिल २ अंक जोडेर तेस्रो स्थानमा रहँदा वल्फवर्ग २ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

अन्य नतिजा
समूह ‘ई’ –
बार्सिलोनाविरुद्ध डेनामो किएभ (–०) र बेन्फिकाविरुद्ध बायर्न म्युनिख (१–)

समूह ‘एफ’ – म्यानचेस्टर युनाइटेडविरुद्ध एटलान्टा (–२) र योङ ब्वाइजविरुद्ध भिल्लारियल (१–)

समूह ‘जी’ – साल्जवर्गविरुद्ध वल्सवर्ग (–१) र लिलविरुद्ध सेभिया (०–०)

समूह ‘एच’ – चेल्सीविरुद्ध माल्मो (–०) र जेनिथविरुद्ध युभेन्ट्स (०–)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.