default_image

2 years ago

October 21, 2021

डाकाको ४ गोल!

एजेन्सी – जाम्बियाका युवा फरवार्ड प्याटसन डाकाले ४ गोल गरेपछि इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले युरोपा लिगको समूह चरणमा स्पार्टाक मस्कोमाथि रोमान्चक जित दर्ता गरेको छ । खेलमा २-० ले पछि परेको अवस्थामा डाकाले ९ मिनेटको अन्तरमा ह्याट्रिक गर्दै टोलीलाई ४-३ को जित दिलाएका थिए । घरेलु टोली स्पार्टाकले खेलको ११ औं मिनेटमा एलेक्जेन्डर […]

50 views

0 Bookmark

एजेन्सी – जाम्बियाका युवा फरवार्ड प्याटसन डाकाले ४ गोल गरेपछि इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले युरोपा लिगको समूह चरणमा स्पार्टाक मस्कोमाथि रोमान्चक जित दर्ता गरेको छ । खेलमा २-० ले पछि परेको अवस्थामा डाकाले ९ मिनेटको अन्तरमा ह्याट्रिक गर्दै टोलीलाई ४-३ को जित दिलाएका थिए ।

घरेलु टोली स्पार्टाकले खेलको ११ औं मिनेटमा एलेक्जेन्डर सोबोलेभ र ४४ औं मिनेटमा जोर्डन लार्सनको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्त्यतिर डाकाले केलेची इहेनाचोको पासलाई सदुपयोग गर्दै स्कोर २-१ बनाए । दोस्रो हाफको सुरुवातमै डाकाले सानदार प्रदर्शन गरेपछि लेस्टरले अग्रता लिएको थियो ।

दोस्रो हाफको ४८ औं मिनेटमा इहेनाचोको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए । उनले त्यसको ६ मिनेटपछि नै युरी टिलेमान्सको पासमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । उनी युरोपेली प्रतियोगितामा ह्याट्रिक प्रहार गर्ने पहिलो जाम्बियन खेलाडी बने । ९ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेका डाकाले ७८ औं मिनेटमा चौथो गोल गरे । स्पार्टाकले ८६ औं मिनेटमा सोबोलेभको गोलसँगै खेलमा फर्कने संकेत देखाएपनि इंग्लिस टोलीले जित पक्का गर्यो ।

यस जितसँगै लेस्टरले समूहमा पहिलो जित दर्ता गरेको छ । टोलीको ३ खेलमा ४ अंक छ । शीर्षस्थानको लेजिया वार्साको २ खेलमा ६ अंक छ । स्पार्टाक ३ अंकसहित तेस्रो तथा नेपोली १ अंकसहित पुछारमा छ । आज लेजिया र नेपोली खेल्नेछन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.