default_image

2 years ago

October 21, 2021

नेपालको फिफा वरियता खस्कियो

काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ । यसअघि भदौ ३१ (सेप्टेम्बर १६) को वरियतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको थियो । गत साता सम्पन्न साफ च्याम्पिनसिपमा नेपालले ५ खेल खेलेको […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ । यसअघि भदौ ३१ (सेप्टेम्बर १६) को वरियतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको थियो ।

गत साता सम्पन्न साफ च्याम्पिनसिपमा नेपालले ५ खेल खेलेको थियो । जसमा २ जित, १ बराबरी र २ खेलमा हार बेहोरेको थियो । त्यसअघि भदौमा स्वदेशमा भारतविरुद्ध भएको २ मैत्रीपूर्ण खेलमा नेपालले एउटा बराबरी र अर्कोमा हार बेहोरेको थियो । भदौ १७ गते १–१ को बराबरी खेलेको भदौ २० गते २–१ ले पराजित भएको थियो ।

साफ च्याम्पिनसिपमा पनि भारतसँगै नेपाल फाइनलसहित दुई पटक पराजित भएको थियो । असोज ३० गते फाइनलमा ३–० को हार बेहोरेको भारतसँग नेपालले त्यसअघि राउन्ड रोविनअन्तर्गत असोज २४ गतेको खेल १–० ले गमाएको थियो । असोज १५ मा माल्दिभ्सलाई १–०, असोज १६ मा श्रीलंकालाई ३–२ ले हराएको नेपालले असोज २७ गते बंगलादेशसँग १–१ को बराबरी गरेको थियो ।

साफ च्याम्पियनसिप विजेता भारत दक्षिण एसियामा शीर्षस्थानमा कायम छ । गत महिना भन्दा भारतको वरियता एक स्थान सुधार भएको छ । भारत एक सय छैटौं स्थानमा पुगेको छ । दक्षिण एसियाका अन्त राष्ट्रमध्ये माल्दिभ्स नेपाल भन्दा माथि १ सय ५६ औं, भुटान एक सय ८६ औं, बंगलादेश एक सय ८७ औं, पाकिस्तान एक सय ९७ औं, श्रीलंका २ सय चार स्थानमा रहेको छ । पाकिस्तान र भुटानबाहेक ५ राष्ट्रले माल्दिभ्समा भएको साफ च्याम्पिनसिपमा भाग लिएका थिए ।

फिफा डटकमका अनुसार विश्व वरियतामा बल्जियम शीर्षस्थान र ब्राजिल दोस्रो स्थानमा कायम रहेका छन् । फ्रान्स तेस्रो र इटाली चौथो स्थानमा उक्लदा इग्ल्यान्ड पाँचौं स्थानमा झरेको छ । अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र डेनमार्क दसौं स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.