default_image

2 years ago

October 21, 2021

मेयर कप भेट्रान्स फुटबलको विजेतालाई ५ लाख

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सुरु हुने मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउने भएको छ ।आयोजक फुटबलर्स मिसन टुगेदरले राजधानीमा बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भएको उल्लेख गर्दै विजेता, उपविजेता टोलीका लागि पुरस्कार राशीको पनि घोषणा गरेको थियो । प्रतियोगितामा दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त […]

29 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सुरु हुने मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउने भएको छ ।
आयोजक फुटबलर्स मिसन टुगेदरले राजधानीमा बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भएको उल्लेख गर्दै विजेता, उपविजेता टोलीका लागि पुरस्कार राशीको पनि घोषणा गरेको थियो ।

प्रतियोगितामा दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र लगनखेलमा रहेको आर्मीको खेल मैदानमा हुने बताइएको छ । शनिबार सुरु हुने प्रतियोगिता कात्तिक १६ गते सम्म चल्नेछ । प्रतियोगिताका सहभागी २१ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको शीर्ष टोलीसँगै ७ समूहको उपविजेतामध्ये एक उत्कृष्ट टोली क्वाटरफाइनलमा पुग्नेछन् । समूह चरणका खेल कात्तिक ११ गते सम्म हुने आयोजनले जनाएको छ । क्वाटरफाइनलको कात्तिक १२ देखि सुरु हुनेछ । सेमिफाइनल कात्तिक १४ गते र त्यसको दुई दिन पछि फाइनल हुनेछ ।

मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा ४० वर्षमाथिको खेलाडी हुनुपर्नेछ । ३ जना ३५ वर्षमाथिको खेलाडी राख्न पाउने प्रावधान आयोजकले तय गरेको छ । उद्घाटन खेलमा नेपाल आर्मी भेट्रान्स र फुटबल फेलोसिपबीच हुने यसअघि नै सर्वजनिक भइसकेको छ ।

प्रतियोगिता सञ्चालनका लागि झन्डै २२ लाख रुपैयाँ लाख्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट उठेको रकम खर्च कटाएर अक्षयकोष स्थापना गरिनेछ । हरेक उमेर समुहलाई स्वास्थ राख्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका सदस्य विज्ञानराज शर्माले जानकारी दिए । भिआईपीतर्फ १ सय र साधरणतर्फ ५० रुपैयाँ टिकट शुल्क तोकिएको छ ।

समूह विभाजन

समूह ‘ए’ – नेपाल आर्मी भेट्रान्स, फुटबल फेलोसिप र फर्पिङ स्पोर्ट्स

समूह ‘बी’ – एनआरटी, भनिमन्डल भेट्रान्स र वि आर ब्रदर्श

समूह ‘सी’ – फ्रेन्ड्स क्लब, एसएनकेसी र बौद्ध भेट्रान्स

समूह ‘डी’ – खुमल भेट्रान्स, ललिपुर वडा नम्वर १४ र साइनिङ सन

समूह ‘ई’ – काभ्रे भेट्रान्स, हेटौडा नगरपालिका र झापा एफसी

समूह ‘एफ’ – चितवन भेट्रान्स, चितवन पश्चिम र बुटवल नगरपालिका सिटी

समूह ‘जी’ – झम्सिखेल भेट्रान्स, श्री कुमारी क्लब र पोखरा भेट्रान्स

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.