default_image

2 years ago

October 21, 2021

बागमती, कन्काई र कालिकाको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – बागमती, कन्काई र कालिका नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको पहिलो खेलमा राष्ट्रिय खेलाडीले भरिएको बागमती नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ९–० को फराकिलो गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बागमतीको फराकिलो जितमा राष्ट्रिय टोलीकी सदस्य रश्मी कुमारी […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती, कन्काई र कालिका नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको पहिलो खेलमा राष्ट्रिय खेलाडीले भरिएको बागमती नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ९–० को फराकिलो गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बागमतीको फराकिलो जितमा राष्ट्रिय टोलीकी सदस्य रश्मी कुमारी घिसिङले ५ गोल गरिन् । राष्ट्रिय टोलीकी कप्तान रेनुका नगरकोटीले २ तथा सदिमा ब्लोन र अनु राईले समान एक गोल गरिन् ।

यस्तै अर्काे खेलमा कन्काई नगरपालिकाले गोदावरी नगरपालिकालाई १२–० को भारी अन्तरले पराजित गरेको छ । कन्काईको जितमा कुसुम खतिवडाले दोहोरो ह्याट्रिक पुरा गरिन् । कप्तान लक्ष्मी श्रेष्ठले ४ तथा मनिका तुमरुक र इमा राईले समान एक गोल गरिन् ।

यस्तै अर्काे खेलमा कालिका नगरपालिकाले कागेश्वरी नगरपालिकालाई १०–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । कालिकाको जितमा अनुष्का शेर्पाले ह्याट्रिकसहित ४ गोल गरिन् । सम्झना तामाङ र सबिता राना मगरले समान दुई तथा सुनकला राई र प्रिती राईले समान एक गोल गरिन् ।

छनोटमा मा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछन् । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

दोस्रो हुने टोलीले ३ लाख तथा फेयर प्ले टिमले ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०-२० हजार पाउने छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.