default_image

3 years ago

October 24, 2021

सिजनको पहिलो एल क्लासिको आज

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत उपाधिका दाबेदार बार्सिलोना र रियल म्याड्रिडबीच विश्व प्रसिद्ध एल क्लासिको आज हुँदैछ । खेल नेपाली समयानुसार रातको ८ बजे सुरु हुनेछ । खेल नेपालमा डिस होमको एक्सन स्पोर्ट्स २ ले प्रसारण गर्दैछ । स्पेनिस दुई क्लब बार्सिलोना र रियल म्याड्रिडबीचको खेललाई एल क्लासिको नामले परिचित छ । यि दुई […]

62 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत उपाधिका दाबेदार बार्सिलोना र रियल म्याड्रिडबीच विश्व प्रसिद्ध एल क्लासिको आज हुँदैछ । खेल नेपाली समयानुसार रातको ८ बजे सुरु हुनेछ । खेल नेपालमा डिस होमको एक्सन स्पोर्ट्स २ ले प्रसारण गर्दैछ ।

स्पेनिस दुई क्लब बार्सिलोना र रियल म्याड्रिडबीचको खेललाई एल क्लासिको नामले परिचित छ । यि दुई टोलीबीचको पहिलो खेल सन् १९०२ मा भएको थियो । कापा डा ला कोरानाकाइनको त्यो खेलमा बार्सिलोनाले रियललाई पराजित गरेको थियो । तर, यि दुई टोलीबीचको पहिलो औपचारिक खेल भने १९१६ मा भएको थियो । त्यसयता बार्सिलोना र रियलबीच २ सय ४६ खेल भएको थियो । जसमध्ये रियले ९८ ले र बार्सिलोनाले ९६ खेल जितेको थियो । ५२ खेल भने बराबरीमा टुंगिएको थियो । गत सिजन भने बार्सिलोनाले रियललाई हराउन सकेन । क्याप नोउमा भएको पहिलो खेलमा ३–१ ले विजयी भएको रियलले अल्फ्रेडो डि स्टेफानोमा २–१ को जित निकालेको थियो ।

ठीक एक वर्षपछि आज काटालोनियामा एल क्लासिको हुँदैछ । अघिल्लो सिजन त्यो मैदानमा रियललाई जित दिलाउन फेडे भाल्र्भेडे, सर्जियो रामोस र लुका मोड्रिडले गोल गरेका थिए । बार्सिलोनाका लागि एक मात्र गोल आन्सु फातीले गरेका थिए । आइतबार यि दुई टोलीबीच नेपाली समय अनुसार राती ८ बजे खेल सुरु हुनेछ । यसपटक दर्शकको उपस्थितिमा खेल हुनेछ । गत सिजन कोभिड १९ को महामारीका कारण दर्शक विना खेल भएको थियो ।

नयाँ सिजनमा रियल म्याड्रिडले उच्च प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । बार्सिलोना भने आफ्नो पुरानो लयमा फर्कन सकेको छैन । लिगमा अहिले दुवै टोलीले आठ खेल सकेका छन् । रियलले बार्सिलोनालाई दुई अंकले पछि पारेको अवस्था छ । यस्तोमा बार्सिलोना घरेलु मैदानमा रियललाई हराएर अगाडी बढ्ने दाउमा छ । रियल पनि बार्सिलोनालाई घरमै हार चखाउन चाहन्छ ।

रियल पाँच जित, दुई बराबर र एक हार बेहोर्दै १७ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । चार जित, तीन बराबरी र एक हार खेपेको बार्सिलोना १५ अंक सहित सातौं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल सोसिडाडको नौ खेलबाट २० अंक छ ।

चोटका कारण प्रमुख खेलाडीहरु मैदान बाहिर रहेकाले पनि बार्सिलोना सुरुवाती खेलमा समस्यामा परेको थियो । यता रियलले आठौं राउन्डमा एस्पान्योलसँग २–१ को हार खेप्नु बाहेक अन्य खेलमा सानदार प्रदर्शन गरिरहेको छ । रियलका कप्तान करिम बेन्जेमा यतिवेला करिअरकै उच्च लयमा देखिएका छन् । उनले लिगको सुरुवाती आठ खेलमा नौ गोल र सात असिस्ट दिएका छन् । सर्वाधिक गोलकर्ताको शीर्ष सुचीमा रहेका बेन्जेमालाई भिनिसियस जुनियरको उतिकै साथ छ । भिनिसियसले पनि पाँच गोल सहित दुई असिस्ट दिएका छन् ।

यता बार्सिलोनामा मेम्फिस डिपायले सानदार प्रदर्शन गरिरहेका छन् । यसै सिजन लियोनबाट बार्सिलोना आएका डिपाएले बार्सिलेनामा लियोनल मेस्सीको अभावलाई पूर्ति गरेका छन् । उनले आठ खेलमा चार गोल सहित दुई असिस्ट दिएका छन् ।

बार्सिलोनाले एल क्लासिको भिडन्तमा अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरो र औसमाने डेम्वेलेलाई समेत उतार्ने तयारी गरेको छ । यसअघि यी दुई स्टार घाइते थिए । यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका एग्युरो सुरुवातमै अभ्यासको क्रममा घाइते भएका थिए ।

रियल र बार्सिलोनाबीचको पछिल्लो २९ खेलमा बार्सिलोना १६ खेलमा विजयी भएको छ । रियलले १३ खेल जितेको छ, भने १० खेल बराबरीमा सकिएको छ । रियल पछिल्लो पटक सन् २०१९ को मार्चमा घरेलु मैदानमा १–० ले पराजित भएको थियो । त्यसयता पछिल्लो चार खेलमा रियल बार्सिलोनासँग अपराजित छ । पछिल्ला चार भिडन्तमा रियलले तीन खेल जितेको छ । एक खेल बराबरीमा सकिएको छ ।

ला लिगाको एल क्लासिकोमा हालसम्म यी दुई टोलीबीच एक सय ८२ खेल भएको छ । जसमा रियलले ७५ खेल जितेको छ । बार्सिलोनाले ७२ खेल जितेको छ । ३५ खेल बराबरीमा सकिएको छ । सबै खाले एल क्लासिको भिडन्तमा यी दुई टोलीबीच कूल दुई सय ४६ आधिकारिक खेल भएका छन् । जसमा रियलले ९८ खेल जितेको छ । बार्सिलोनाले ९६ खेल आफ्नो पक्षमा पारेको छ । ५२ खेल बराबरीमा सकिएको छ ।

सबै खाले एल क्लासिको खेलमा रियलले ४१० गोल गरेको छ भने बार्सिलोनाले ४०१ गोल गरेको छ । रियल र बार्सिलोनाबीचको आइतबार हुने खेल दुई सय ४७औं आधिकारिक एल क्लासिको भिडन्त हुनेछ । यसमा कस्ले बाजी मार्ला भन्ने चासो र कौतुहलता विश्वभरका फुटबल समर्थकमा छ ।

एल क्लासिकोको इतिहास

अन्तर्राष्ट्रिय क्लब फुटबलमा दुई चिर प्रतिद्वन्द्वी स्पेनिस फुटबल क्लब बार्सिलोना र रियल म्याड्रिडबीच हुने भिडन्तलाई ‘एल क्लासिको’ भनिन्छ । स्पेनका यी दुई विश्व महारथी क्लबबीचको भिडन्तले विश्वभर तहल्का नै मच्चाउने गर्दछ ।

यो युइएफए यूरोपियन च्याम्पियनसिपको फाइनल पछाडी सबैभन्दा बढी हेरिने क्लब स्तरीय फुटबल खेल हो । यी दुई क्लबहरु स्पेनिस ला लिगा, कोपा डेल रे, स्पेनिस सुपर कप, यूरोपियन च्याम्पियन्स लिग, यूरोपियन सुपर कपलगायत प्रतियोगिताहरुमा भिड्ने गर्दछन् ।

el classico

एल क्लासिको प्रतियोगिता इतिहासका कारण पनि प्रख्यात छ । ऐतिहासिक दृष्टिबाट हेर्दा बार्सिलोना र रियल म्याड्रिड स्पेनका दुई ठुला शहर हुन् । जहाँ दुई फरक राजनीतिक मत पाइन्छ । सामान्यतः बार्सिलोना समर्थक क्याटालोनिया समर्थक छन् भने रियल म्याड्रिड समर्थक स्पेनिस सरकारनिकट हुन्छन् । यी दुवै क्लब संसारकै सबभन्दा धनी र सफल क्लब मानिन्छन् ।

पहिले क्याटालोनियालाई तानाशाही शासन प्रयोग गरी त्यहाँका नागरिकलाई असमान र अत्याचार गरिन्थ्यो । तसर्थ त्यहाँका नागरिकहरुले राज्यसँग बदला लिने एकमात्र उपाय म्याड्रिडको प्रतिनिधित्व गर्ने क्लबलाई हराउनु राखेका हुन्छन् ।

१६ वर्षपछि मेस्सी र रामोसविनाको एल क्लासिको

एल क्लासिकोमा अहिलेसम्म सबै भन्दाबढी खेल खेल्ने खेलाडी बार्सिलोनाका लियोनल मेस्सी र रियल म्याड्रिडका सर्जियो रामोस हुन् ।
मेस्सी र रामोसले सर्वाधिक ४५ पटक एल क्लासिको खेलेका छन् । संयोगबस यी दुवै स्टार यस सिजन एल क्लासिकोमा देखिने छैनन् । मेस्सी र रामोस यसै सिजन स्पेन छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आवद्ध भएका छन् ।

कुनै बेला एल क्लासिकोमा एक अर्काका प्रतिद्वन्द्वी अहिले एउटै क्लबबाट खेलिरहेका छन् । सन् २००५ देखि लगातार रियलमा रहेका रामोस र सन् २००० देखि बार्सिलोनाको जुनियर टोलीहुँदै २१ बर्ष बार्सिलोनामा विताएका मेस्सीले यसै सिजन स्पेन छाडेका हुन् ।

मेस्सी र रामोस नहुँदा कतिपयले एल क्लासिकोको खल्लो हुने अनुमान समेत गरेका छन् । तर अधिकांश समर्थकले भने कुनै खेलाडी नहुँदैमा खेलको महत्व र त्यसको इतिहास नमेटिने तर्क गरिरहेका छन् । रियलका कप्तान करिम बेन्जेमा एल क्लासिकोको इतिहास पुरानो रहेकोले यसको चर्चा दिन प्रतिदिन चुलिँदै गएको बताउँछन् ।

बेन्जेमा भन्छन्, ‘एल क्लासिकोको इतिहास धेरै पुरानो छ । क्लबमा कुनै खेलाडी परिवर्तन हुँदैमा त्यसको रोमाञ्चकता कम हुन्छ भन्ने रहन्न । कस्ले बार्सिलोना र रियल छाड्यो भन्ने कुराले भन्दा इतिहास र यसको प्रतिस्पर्धा रोचक पक्ष हो । एल क्लासिको अझै विश्व फुटबलमा उत्कृष्ट खेलको रुपमा छ ।’

तीन बर्षअघि पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो रियल छाडेर इटालियन क्लब युभेन्ट्स जाँदा पनि यस्तै तर्क र चर्चा भएको थियो । तर एल क्लासिकोको महत्व रत्तिभर घटेको छैन ।

प्रत्यक्ष प्रशारण डिसहोम एक्सन स्पोर्ट्स एचडीमा

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । बार्सिलोना र रियल म्याड्रिडबीचको ‘एल क्लासिको’ भिडन्त पनि एक्सन स्पोर्ट्स एचडी २ मा प्रतक्ष प्रशारण हुनेछ ।
ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका हरेक खेलहरु एक्सन स्पोर्ट्स एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

रियलभन्दा बार्सिलोना युवा टोली

दुई टोलीबीच तुलना गर्दा बार्सिलोना रियलभन्दा युवा टोली रहेको छ । रियलको टोली औसतमा २८ वर्ष २० दिनको टोली रहँदा बार्सिलोना २६ वर्ष १७४ दिनको औसतको टोली हुनेछन् । ओप्टाको तथ्यांकअनुसार क्लासिकोमा यो बार्सिलोनाको तेस्रो कान्छो टोली तथा रियलको पाँचौ सिनियर टोली बन्नेछ । बार्सिलोनाको टोलीमा ८ खेलाडी तथा रियलमा ६ खेलाडी सन् २००० पछि जन्मिएका छन् ।

क्लासिकोमा रियल नै युवा टोली

एल क्लासिकोमा रियल म्याड्रिडको नाममा औसतमा सबैभन्दा कम उमेरको टोलीको कीर्तिमान छ । सन् २००५–६ को सिजनपछि सन् २०१० मा म्यानुयल पेलिग्रेनीको नेतृत्वमा रियलको टोली औसतमा २५ वर्ष ७२ दिनको बनेको थियो । यद्दपि यो क्लासिकोमा बार्सिलोनाको यो टोलीमा सबैभन्दा कम उमेरका ५ युवा खेलाडी रहेका छन् । अन्सु फाती, ब्रोजन क्रिक र गाभीले सिनियर टोलीबाट खेलिसकेका छन् ।

कान्छा गोलकर्ता

अन्सु फाती एल क्लासिकोमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् । उनले गत अक्टोवरमा १७ वर्ष ३५९ दिनको उमेरमा क्लासिकोमा गोल गरेका थिए । उक्त खेलमा बार्सिलोनाले ३–१ को हार बेहोरेको थियो । रियल म्याड्रिडका भिनिसियस जुनियरले १९ वर्ष २३३ दिनमा गोल गरेका छन् । लियोनेल मेस्सीले सन् २००७ मा कम उमेरमै क्लासिकोमा ३ गोल गरिसकेका छन् ।

भेट्रान खेलाडी को ?

एक पटकको बालोन डि ओर विजेता रियल म्याड्रिडका ३६ वर्षीय मिडफिल्डर लुका मोड्रिच यो सिजनको एल क्लासिको खेल्ने भेट्रान खेलाडी हुनेछन् । रियल म्याड्रिडका ३३ वर्षीय करिम बेन्जेमा र मार्सेलो पनि अर्का भेट्रान सदस्य हुन् । उच्च लयमा रहेको बेन्जेमा यो सिजनको बालोन डि ओरको दावेदारको रुपमा रहेको छ ।

भविष्य युवा पुस्तामा

अबको एल क्लासिको युवा पुस्तामा हस्तान्तरण भइसकेको छ । मुख्य गरी बार्सिलोनाका अन्सु फाती र रियलका भिनिसियस जुनियर क्लासिकोको केन्द्रमा रहनेछन् । दुवै टोलीले क्लासिकोमा गोल गरिसकेका छन् । उनीहरुकै प्रदर्शनमा जित हारको नतिजा निस्कन सक्नेछ ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.