default_image

3 years ago

October 23, 2021

आर्सनलले अनुबन्ध गर्यो ४ वर्षे खेलाडी

एन्जेसी – भनिन्छ, उमेर एउटा नम्बर मात्रै हो । तर पनि उमेर अनुसारको व्यवहारको अपेक्षा गरिन्छ नै । हालै आर्सनलले चार वर्षे बालकलाई क्लबमा अनुबन्धित गर्दै इतिहास बनाएको छ । जियान अल सलमान कम उमेरमा क्लबमा आबद्ध हुने इतिहासकै पहिलो खेलाडी बनेका छन् । बालकका बुवाले उनमा भएको प्रतिभालाई अन्य क्लबले पनि पहिचान गरेकोमा खासै […]

65 views

0 Bookmark

एन्जेसी – भनिन्छ, उमेर एउटा नम्बर मात्रै हो । तर पनि उमेर अनुसारको व्यवहारको अपेक्षा गरिन्छ नै । हालै आर्सनलले चार वर्षे बालकलाई क्लबमा अनुबन्धित गर्दै इतिहास बनाएको छ । जियान अल सलमान कम उमेरमा क्लबमा आबद्ध हुने इतिहासकै पहिलो खेलाडी बनेका छन् ।

बालकका बुवाले उनमा भएको प्रतिभालाई अन्य क्लबले पनि पहिचान गरेकोमा खासै आश्चार्य भने लागेन । ‘ मलाई उनी जन्मेको दिन पनि याद छ । नर्सले उनलाई मेरो अगाडि राखिन् । त्यति बेला पनि उनले टाउको उठाएर सबै तिर हेरेका थिए, उनले भने, त्यति बेला नर्स पनि आश्चार्यमा परेकी थिइन् । उनी सानै देखि नै बलिया थिए ।’

बालकमा आसाधारण क्षमता देखिन्छ । कतिपयले भने त्यति सानो उमेरमै व्यवसायिक फुटबल क्लबमा राख्नु उचित नहुने भन्नै आवाज पनि उठाएका छन् । तर बालकका पिताको धारणा अन्यको भन्दा फरक छ । उनीमा अद्भुत सन्तुलनको क्षमता सानैबाट थियो । उनले त्यसलाई कायम राखेका छन्, उनले थपे, उमेरका कारण आर्सनलले कुनै अप्ठेरो मानेको छैन । उनीहरुलाई पनि लाग्छ बच्चामा अधिक प्रतिभा छ ।’

जियानका प्रशिक्षक अष्टिन सोचोफिल्डलाई पनि उनमा उमेरमा हुने भन्दा बढी क्षमता रहेको विश्वास गर्छन् । हामीले उनलाई समान उमेरका अन्य बच्चासँग राख्यौं । तर उनी सबैभन्दा उत्कृष्ट देखिए । उनी तिब्र गतिका छन् । उनी गोल गर्न र पास दिन अरु भन्दा उत्कृष्ट छन्, प्रशिक्षकले भने, अनि मैले उनको बुवालाई खेललाई जारी राख्न सुझाव दिदा उनले हुन्छ भने ।’

आर्सनलका प्रतिभाव छनोटकर्ता स्टेफन डेनिसले जियानको क्षमता देखेर प्रभावित छन् । उन जे गरिरहेका छन् त्यो उनको उमेरमा गर्न सकिने छैन । मैले उनलाई देखे र उनी चार वर्षका हुन कि भन्ने साथीबाट पक्का गरें । उनी अहिले पनि नर्सरीमा छन् भन्दा मलाई विश्वास नै लागेन , उनले भने,‘ त्यसपछि मैले उनको अभिभावकसँग कुरा गरेर केहि सेसन हेरे । उनी कुनै फ्लुक होइनन् ।

जियानका बारेमा कुरा भइरहँदा उनी खुसी देखिन्छन् , अनि उनलाई उनको मनपर्ने क्लबको जर्सी लगाउन भनियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.