default_image

2 years ago

October 22, 2021

गोलरक्षक प्रिसो थ्री स्टारमै रहने

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको रुस्लान थ्री स्टार क्बबले गोलरक्षक प्रिसोसँगको सम्झौता नवीकरण गरेको छ । थ्री स्टारले शुक्रबार गोलरक्षक प्रिसोसँग सम्झौता नवीकरण गरेको जनाएको छ । थ्री स्टारले प्रिसोसँग एक वर्षको लागि सम्झौता नवीकरण गरेको जनाएको छ । थ्री स्टारले आसन्न ‘ए’ डिभिजन लिगलाई लक्षित गर्दै प्रिसोसँगको सम्झौता नवीकरण गरेको हो । गत सिजन […]

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको रुस्लान थ्री स्टार क्बबले गोलरक्षक प्रिसोसँगको सम्झौता नवीकरण गरेको छ । थ्री स्टारले शुक्रबार गोलरक्षक प्रिसोसँग सम्झौता नवीकरण गरेको जनाएको छ ।

थ्री स्टारले प्रिसोसँग एक वर्षको लागि सम्झौता नवीकरण गरेको जनाएको छ । थ्री स्टारले आसन्न ‘ए’ डिभिजन लिगलाई लक्षित गर्दै प्रिसोसँगको सम्झौता नवीकरण गरेको हो । गत सिजन प्रिसोले लिगमा उच्च प्रदर्शन गरेपछि थ्री स्टारले उनीसँग सम्झौता लम्ब्याएको हो ।

थ्री स्टारसँगको सम्झौतापछि प्रिसोले उपाधिका लागि लड्ने बताए । ‘थ्री स्टार मेरो हृदयमा छ । यहाँको वातावरण माया, समर्थन र प्रेरणाले भरिएको छ ।’ उनले भने, ‘हामी लिगमा उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वास गर्दछौं । हामी सबै उपाधि जित्नका लागि कठिन लडाई गर्नेछौ ।’

नयाँ सिजनका लागि थ्री स्टारले यसअघि कप्तान विक्रम लामा, उपकप्तान अनन्त तामाङ, सन्जोक राई, निशान खड्का, मनग्य नकर्मी, सुसान श्रेष्ठ, मिक्चेन तामाङ र निशान खड्काको सम्झौता नविकरण गर्दा नयाँ खेलाडीको रुपमा डोना थापा, आयुष घलान, राफयल रिमगागो, गोलरक्षक रोशन गुरुङ र मिडफिल्डर लाकेन लिम्बुलाई अनुबन्ध गरिसकेको छ ।

यस्तै युवा डिफेन्डर आश्विन भट्टराई, युवा विंगर ऋतिक खड्का र गोलरक्षक अरुण ब्लोनलाई अनुबन्ध गरेको छ । ‘ए’ डिभिजन लिग कात्तिक २९ बाट सुरु हुदैछ । टोलीले लिगलाई लक्षित गर्दै प्रशिक्षण सुरु गरिसकेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.