default_image

2 years ago

October 23, 2021

भिल्लामाथि आर्सनलको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले सहज जित निकालेको छ । घरेलु मैदानमा आर्सनलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा आर्सनलको सहज जितमा थोमस पार्टी, पिएरे इमरिक औवामियाङ र इमिल स्मिथ रोवीले गोल गरे । एस्टन भिल्लाका ज्याकोव राम्सेले एक गोल फर्काए । शुक्रबार राति भएको खेलको २३औं मिनेटमा […]

29 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले सहज जित निकालेको छ । घरेलु मैदानमा आर्सनलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो ।

इमिरेट्स स्टेडियममा आर्सनलको सहज जितमा थोमस पार्टी, पिएरे इमरिक औवामियाङ र इमिल स्मिथ रोवीले गोल गरे । एस्टन भिल्लाका ज्याकोव राम्सेले एक गोल फर्काए ।

शुक्रबार राति भएको खेलको २३औं मिनेटमा थोमस पार्टीको गोलबाट आर्सनलले अग्रता लिएको थियो । उनले इमिल स्मिथ रोवीको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा पिएरे इमरिक औवामियाङको पेनाल्टीलाई भिल्लाका गोलरक्षक इमिलियानो मार्टिनेजले बचाएपनि रिवाउन्डमा गोल गर्न सफल हुदा आर्सनलले पहिलो हाफमा खेलमा २–० को अग्रता बनायो ।

५६औं मिनेटमा इमिल स्मिथ रोवीले गोल गर्दै आर्सनलाई सहज जिततर्फ अघि बढाए । उनले कप्तान औवामियाङको पासमा गोल गरेका थिए । ८२औं मिनेटमा ज्याकोव राम्सेले लियोन वेइलेको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल विजयी हुन सफल भयो ।

पछिल्लो दुई बराबरीपछि आर्सनलले पहिलो जित निकालेको हो । टोटेनहमलाई ३–१ ले पराजित गरेपछि आर्सनलले ब्राइटनसँग गोलरहित बराबरी खेल्दा क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरी खेलेको थियो ।

यो जितपछि आर्सनल ९ खेलबाट १४ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित भिल्ला १० अंक जोडेर १३औं स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.